माडीको बसन्तपुरमा कृष्ण जन्माष्टमी पर्वको दिन भाेलि सोमबार रोपाईं जात्रा, लाखे नाच लगायत मनोरञ्जनात्क कार्यक्रमहरु सञ्चालन हुने भएको छ ।
Advertisement
माडी ३ बसन्तपुरका टोल विकास संस्था, बसन्तपुर युथ क्लब, बसन्तपुर युनाइटेड क्लब, महिला समुह लगायतको संयुक्त आयोजनामा अघिल्ला वर्षहरुझैं यसवर्ष पनि मनोरञ्जनात्मक एवं लाखे नाच हुने भएको हो । कार्यक्रमको मुख्य प्रर्वद्धक माडी नगरपालिका वडा नं. ३ को कार्यालय रहेको छ ।
कार्यक्रम अन्तर्गत लाखेनाचसंगै घैंटो फुटाइ, जोडीले स्याउ टोक्ने प्रतियोगिता, ८५ केजी तौल भएकाहरुको दौड, महिलाको चम्चा दौड लगायतका कार्यक्रम गर्ने तयारी भैरहेको संयोजक अनुप भुषालले बताउनुभयो ।
कार्यक्रमलाई सफल रुपले सम्पन्न गर्न माडी–३ का युवा अनुप भुषालको संयोजकत्वनमा ९ सदस्यिय समिति गठग गरिएको छ ।