[पारदर्शि अनलाइन]
Advertisement
माडी नगरपालिका भित्र सञ्चालित सार्वजनिक विद्यालयहरुमा रिक्त हुने राहत, करार शिक्षक, बालविकास सहजकर्ता, विद्यालय कर्मचारीको अस्थायी नियुक्ति गर्ने, विषयगत सहयोग तथा समन्वय, पेसागत सहयोग, शैक्षिक अन्तरक्रिया, कक्षा अवलोकन, प्रश्नपत्र निर्माण तथा व्यवस्थापन, लगायतका कार्यहरु गर्नका लागि विषयगत विज्ञसूचि (रोष्टर लिष्ट) अद्यावधिक गर्न योग्यता पुगेका इच्छुक व्यक्तिहरुलाई आवेदन दिन नगरपालिकाले सुचना जारी गरेकाे छ ।
याेग्यता पुगेकाहरूलाई आवश्यक कागजातहरु संलग्न गरी तोकिएको ढाँचामा सूचना प्रकाशित भएको मितिले १५ दिनभित्रमा शिक्षा, युवा तथा खेलकुद शाखामा आवेदन दिन नगरपालिकाले सुचना जारी गरेकाे हाे ।
(सुचनाकाे विस्तृत विवरण हेल्लाे माडी नगरपालिकाे पेजबाट र वेबसाइटबाट समेत डाउनलाेड गर्न सकिन्छ ।)