Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
बुधबार, भदौ ११, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

उच्च अदालतमा रवि लामिछानेको निवेदन

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

लोकप्रिय समाचार

  • १. आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

  • २. फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

  • ३. रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

  • ४. भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

  • ५. भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

  • ६. साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

  • ७. बारा सरुवा भए चितवनका प्रमुख जिल्ला अधिकारी प्रकाश पौडेल

  • ८. उच्च अदालतमा रवि लामिछानेको निवेदन

  • ९. सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

निकुञ्जकाे माडीबासिप्रति निरंकुश व्यवहार कहिलेसम्म ?


  •   आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
  • लिच्छ्विकालमा नै वैदेशिक व्यापार को नाका रहेको चितवनको माडी आदिवासी वस्तीसंगै विभिन्न जातजाती, भाषाभाषी, समुदायहरु स्व-अनुशासनमा रहदै स्व-संरक्षण र स्व प्रवर्द्धनमा अगाडी वढेको क्षेत्र हो । चितवनमा राष्ट्रिय निकुञ्ज स्थापना हुन पुर्व नै माडीमा वस्ती विकास हुंदै जादा यहाँको समुदाय बन जंगल, बन्य जन्तु खोलानाला देखि देशकै सिमा संरक्षणमा समेत  स्थानियस्तर देखि नै लागि पर्दै आएका थिए ।

    Advertisement

    २०३२ सालमा चितवन राष्ट्रिय निकुन्ज स्थापना हुंदादेखि  यसको संरक्षण , सम्वर्दन, र प्रवर्द्धनमा सबैभन्दा बढी त्याग, बलिदान र योगदान दिने ठाउ हो चितवन को माडी । माडीवासीको साथ र सहयोग बेगर निकुञ्ज प्रशासनले निकुञ्ज को संरक्षण गर्छु भन्नेकुरा हुट्टिट्याउले आकास थाम्ने कुरा जस्तै हो। यहीकुरा बुझेरहोला तत्कालीन नेतृत्वले स्थानिय वासिन्दा कै पहलमा निकुञ्ज संरक्षणको योजना अन्तर्गत नै मध्यवर्ती क्षेत्र( बफरजोन) को योजना अगाडी सारेको । सुरुवाती छलफलमा यो योजनाले माडीवासीलाई राहत नै हुने देखेर तत्कालीन माडीको नेतृत्वले बफरजोन योजनामा सहमतीजनाई लागु गरेको देखिन्छ।

    दु:खको कुरा के भने  निरंकुश राजतन्त्र संगै हुर्कदै आएको तत्कालीन निरंकुश प्रशासन तन्त्रले माडीका तत्कालीन नेतृत्वको आँखामा छारो हाली माडीवासीकै अधिकारमाथी कुठाराघात गर्न पुगेको छ। जसले गर्दा एक अर्काका सहायक हुनपर्ने निकुञ्ज र माडीवासी बिच द्वन्द्व वढिरहेको छ । माडीवासी को समस्यहरुमा सहजिकरण गर्दै संरक्षणमा लाग्नुपर्ने निकुञ्ज प्रशासन आफुलाई शासक मात्रै ठान्दै मानबिय असम्बेदनशिल बन्दै माडीवसीमाथी शासन गर्न खोजिरहेको छ। माडीवासी को धर्यता नटुट्नजेल त शासन गराैला , धर्यता टुट्दाकोदिन के गर्छाै ? के हुन त माडीवासीको चासो ? भन्ने कुराकाे खोजि नगरी यही रवैया देखाउदै अगाडी वढे बफरजोन संगै निकुञ्जकै भविस्य नै अन्योल देखिन्छ। यी हुन सक्छन माडीवासी को चासो ।

    १) संरक्षणको अधिकार

    जसरी चितवन राष्ट्रिय निकुन्ज र वरपरको बन ,  बन्यजन्तु , जैबिक बिबिधता आदिको सुरक्षा र संरक्षित हुने अधिकार छ त्यसैगरि माडी र माडीबासी जनताको सुरक्षा र सुरक्षित हुने अधिकार छ कि छैन ?  बन ऎन को जस्तै यो देशको संविधान र ऎन कानूनले माडीका जनताको सुरक्षा र संरक्षणको कुरा लेखेको छ कि छैन ? यदि छ भने त्यो पनि लागू हुन पर्छ कि पर्दैन ? कि माडीका जनताको सुरक्षाको अधिकारको लडाइँ बाकी छ ? अब जवाफ चाहियो ।

    २) अस्तित्व स्विकार

    माडीका जनताले चितवन राष्ट्रिय निकुन्जको अस्तित्व स्विकारेर यसको संरक्षणमा ज्यानै समर्पण गर्नु पर्ने तर निकुन्ज, निकुन्ज प्रशासन र बन ऎनले माडी र माडीका जनताको मानबिय अस्तित्व स्विकार गर्नै नपर्ने हो ?  यो विभेद माडीका जनताले कहिले सम्म स्विकार गरिदिनु पर्ने ? अब जवाफ चाहियो ।

    ३)  सेवाको ग्यारेन्टि

    जसरी बन्यजन्तु को गाँस बास र सेवाको लागि निकुन्ज भित्र घासे मैदान, कृत्रिम पोखरी, बाटो घाटो आदिको ग्यारेन्टी गरिएको छ त्यसरि नै राज्यको तर्फबाट माडीबासिको लागि गाँस बास,  बिजुली पानी , सडक सञ्चार आदि सेवा सहज प्रदान गराइनु पर्दैन ? कि निकुन्जका जनावरले पाउने जति सेवा पनि माडीका जनताले पाउने अधिकार छैन ? के यो अधिकारको लडाइ बाकी हो ? अब जवाफ चाहियो ।

    ४) राष्ट्र प्रति योगदान

    चितवन राष्ट्रिय निकुञ्जले यो राष्ट्रलाई गरेको जस्तै योगदान माडी र माडीका जनताले गरेका छैनन र ? राजस्व र करको योगदान, कृषि उत्पादन र पर्यटन उधोगको योगदान, परिबर्तनका आन्दोलनको योगदान, रास्ट्र र राष्ट्रियता जोगाउने योगदान आदि कहाँ कमि देख्नु भयो ? कि हामिले अझै पनि बिदेशी शक्ति राष्ट्रहरुले गरेको चरम औद्योगिक बिकासले विश्व वातावरणमा पारेका नकारात्मक प्रभाब बाट दुनिया जोगाइदिन माडीबासी निरीह भएर बलि चढीइ रहनु पर्ने  ? हाम्रो बलिको रगत कस कसले कहिले सम्म पिउने हो ? अब जवाफ चाहियो ।

    कर्तब्य र अधिकार के ?

    जल, जमिन र जङ्गलको संरक्षण र सन्तुलित उपयोगको कर्तब्य र अधिकार जनतामा निहित हुने कि नहुने ? जल जमिन र जङ्गलको उपयोग बापतको राजस्व स्थानिय सरकारले पाउने कि निकुन्ज प्रशासनले ? के माडीबासिले संरक्षणको कर्तब्य मात्रै पालना गर्नुपर्ने ? त्यही संरक्षित जल जमिन र जङ्गलको उपभोगको अधिकार कहिले पाउने ?

    ६) अझै के त ?

    यी र यति मात्रै हैनन समान्य मानबिय संबेदनशिलता संग जोडिएका र गहन विषय धेरै छन । एउटि बुढी आमा भरतपुरको अस्पतालमा सुत्केरी छोरी भेटन जाँदा पाहुर बनाएको मासुको २ चोक्टा, बारिको एक मुठी निउरो अनि एक छाक तामा र कुचो लैजान  बिमानस्थलबाट सयौं किलो सुन छिराउन भन्दा गार्हो छ । अझै भनौं भने राज्यले गरेको माडीको जमिनको मुल्यको अपमान हुनेगरी बफर्जोन कोर क्षेत्र आदि आदि नाममा गरिब किसानको जमिनको शून्य मूल्य गराउँछ ।

    अब आफ्नो जमिनको शून्य मूल्य बनाउने बफर्जोन कोर अनि यसका ठेकदार हामी मात्र हौं कि झै गर्ने ब्यक्ती , संस्था ,  ऎन – कानुन सबै जनमुखी हुँदै र बनाउदै बेलैमा राज्य र राज्यको निकायको शासकको रुपमा रहेको निकुञ्ज प्रशासनले माडीवासीको मनमा उठेका यस्ता प्रश्न हरुको निकास स्थानिय सराेकारवालाहरु संग वसी नखोज्ने हो भने हुट्टिट्याउले आकास धान्ला नधान्ला तर निकुञ्ज प्रशासनले माडीको बफर्जोनको भारी धान्नसक्ने छैन । किन कि माडीका जनता यो भारी थामिदिने मनस्थितिमा छैनन । र हाम्रा आबेग र उत्तेजना मात्रैले निकास दिदैंन नितिगत निकासको आन्दोलनको नेतृत्व गर्न हामी सबै तयार हुनैपर्छ र छौँ पनि ।त्यसकारण जतिसक्दो छिटो बृहत छलफल को बातावरण बनाउदै गहन छलफल सहित एउटा रचनात्मक अनि दिर्घकालिन निर्णय लिनु जरुरी छ । र सरकारलाई पनि सचेत हुन आबश्यक छ नत्र सामरिक महत्वको भनिएको स्थानको नकरात्मक चर्चा फैलन सक्छ ।

    – नारायण प्रसाद पाैडेल

    प्रध्यापक, माडी क्याम्पस

    • NikunjaBahas
    आइतबार, मङि्सर ०२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज
    भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने
    उच्च अदालतमा रवि लामिछानेको निवेदन
    साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात
    रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै
    आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

    लोकप्रिय

    • १.
      निकुञ्ज सडक कालोपत्रे गर्ने पूर्वमन्त्री पाण्डेको प्रतिबद्धता

    • २.
      माडीको हनुमानझुलाका नागरिक अझैपनि टुकी बत्तीको भरमा

    • ३.
      कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई

    • ४.
      माडी नगरपालिका अब ऋणमुक्त भइ बचत तर्फ

    • ५.
      माडीमा ‘युवा र जलवायु न्याय विषयक अन्तरक्रिया

    • ६.
      माडी माइतीघर, नेपालद्वारा तीजको दर खाने कार्यक्रम

    भर्खरै

    • १.
      सनातन धर्मावलम्बी महिलाको महत्त्वपूर्ण पर्व तीज आज

    • २.
      भरतपुर २६ मा सरिता ईभेन्टसले भोलि खुल्ला तिज नृत्य प्रतियोगिता गर्ने

    • ३.
      उच्च अदालतमा रवि लामिछानेको निवेदन

    • ४.
      साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

    • ५.
      रचना रिमालको प्रस्तुतिमा वार्सामा सांगीतिक साँझ हुँदै

    • ६.
      आरम्भ कलेजको यात्रा: चितवन प्रथम हुँदै गोल्डमेडलतिर

    • ७.
      फोर्ब्स कलेज चितवनले बिबिए कार्यक्रमका लागि एक करोड भन्दा बढिको छात्रवृत्ति प्रदान गर्ने

    • ८.
      भरतपुर अस्पतालमा पाँच हजार बढीले लिए निःशुल्क उपचार

    हाम्रो बारेमा

    पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
    pardarshionline.com

    कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

    सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

    प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

    कार्यालय ठेगाना:

    माडी–३, बसन्तपुर, चितवन
    भरतपुर–९, सरदपुर, चितवन

    सम्पर्क नं.
    056-590960, 982-1887166, 9855016724

    ईमेल
    info@pardarshionline.com,

    pardarshionline1@gmail.com

    हाम्रो टीम

    कार्यकारी निर्देशक: अजित अधिकारी

    सम्पादक: प्रेम पाैडेल उज्ज्वल
    सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

    टि.भी. संयाेजक: शंकर गिरी
    टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
    भिडियाे सम्पादक: कृष्ण परियार
    ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

    संवाददाताहरू:
    कुल प्रसाद काफ्ले

    शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

    सामाजिक सञ्जालमा हामी

    Pardarshi Online पारदर्शी अनलाइन
    Copyright ©2025 Pardarshi Online | All rights Reserved.
     Website By :  PardarshiOnline.