• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई


  •   शनिबार, साउन २५, २०८२ मा प्रकाशित
  • उपत्यका भन्ने बित्तिकै हामीले झट्ट बुझ्ने भनेकै चारैतिरबाट पहाडले घेरेको बिचको समथर मैदान भन्ने बुझ्दछौ ।

    Advertisement

    उपत्यकाको प्राकृतिक या भौगोलिक परिभाषा पनि यस्तै नै हो र भौगोलिक हिसाबले माडीसंग त्यो उपत्यकाको गुण र सौन्दर्यता त् छदै छ त्यस माथि यो धार्मिक र पौराणिक उपत्यका पनि हो ।

    हामीलाई गर्ब लाग्छ म् माडीको खास बासिन्दा हुँ भन्नुमा यो भन्दा माथि अझै अर्को हिसाबले पनि माडी उपत्यका हो । त्यो हामि जस्तै मानिसले बनाएको परिबर्तनशील ऐन कानुनको उपत्यका जुन दुई फरक कानुनले समानान्तर शाशन व्यवस्था संचालन गर्छन ।

    एउटा सरकारले नेपालको संबिधान २०७२ अनुसार शासन गर्छ भने अर्को छोटे सरकारले वन/निकुन्ज ऐन २०२९ अनुसार शासन संचालन गर्दछ र माडीलाई एउटा निस्साघेरामा राखी उपत्यका बनाएको छ जहाँ प्रवेश आज्ञा लिएर आवत जावत गर्नु पर्दछ । अनि ठुलो सरकारले छोटे सरकारलाई कर तिरेर आफ्नो भूमि उपयोग गर्नु पर्दछ त्यो पनि अड्कलेको मानो खाँदा झैँ ।

    नेपालमा ठुलाठुला राजनीतिक परिबर्तन भए, संबिधान फेरियो, ति परिबर्तनले पालैपालो शासक फेरीए तर दोहोरो शासन चलाईरहेका यस्ता ऐन कानुन अझैंपनि नफेरिदा हामी माडीबासी आज पनि कहिले कुन प्रशासन त कहिले कुन कर्मचारीलाई गाली गर्दै राके जुलुस गर्न बाध्य भएका छौं ।

    हामीलाई थाहा छ कुनै बफर्जोंन कार्यालय जलाएर या कुनै संरक्षण अधिकारीलाई भट्टे सराप गरेर या बफर्जोंन फालेर मात्रै पनि हाम्रो अन्तिम लडाई टुंगिदैन र यी सबै हाम्रा क्षणिक आवेग हुन् ।

    हाम्रो बास्तबिक निकास २०२९ को वन/निकुन्ज ऐनको जनमुखी संसोधन नै हो । यति जान्दा-जान्दै पनि हामी एक अर्कालाई कुनै न कुनै हिसाबले कमजोर साबित गराएर आफू बलियो क्रान्तिकारी बन्ने र जनताको प्यारो मै मात्र हुँ भन्ने भान पार्ने होडबाजी चलाइरहेकै छौं । यो जो कसैले गरे पनि गलत नै छ । साझा मुद्दामा साझा धारणा बनाएर दलीय एकता कायम गर्दै अगाडी बढ्नु आजको आवास्यकता हो ।

    माडी अहिले गहिरो त्रासमा छ । एउटा सामान्य किसानलाइ कतै अपराधि घोषित गर्ने हुन् कि भन्ने त्रास हामी सबैमा छ । म लेखकको हैसियतले किसान हरि श्रेष्ठको रिहाइको लागि अपिल गर्दछु । हामी सबै आ-आफ्नो ठाउबाट आ-आफ्नै शैलीमा श्रेष्ठको रिहाइको लागि एक्यबद्धता जनाईरहेका छौ ।

    कसैले आफ्नै क्षमता प्रयोग गरिरहेका छौं । कसैले बाहय क्षमताहरुको पनि केन्द्रीकरण गर्दै श्रेष्ठको रिहाइको लागि आवाजमा आवाज थपिरहेका छौं । यी सबैलाई बिना दाउ-पेच सम्मान गरौं ।

    तर अझै हामीले गरि पुर्याउन पर्ने के छ भने समय नबित्दै माडीका मुल जनप्रतिनिधि र राजनीतिक दलका नेतृत्वको प्रतिनिधिमुलक टोलीले निकुञ्ज प्रशासनसंग सौहार्द छलफल गरि कृषक हरि श्रेष्ठको रिहाइ संगै निकुञ्ज प्रशासन ब्यबहारिक लचकताले मात्रै निकुञ्ज र माडीबासी बीचको असमझदारी कम हुने र संरक्षणमा थप सहयोग हुने कुरा स्थापित गर्नु पर्दछ ।

    यो घटना विशेष कुरा मात्र हो, तर फेरी पनि अन्तिम निकास ऐन संसोधन त्यो पनि जनमुखी संसोधन नै हो र यसमा कहिँ सम्झौता गरिनु हुँदैन ।

    आज हामी सबै सम्बद्ध राजनीतिक दलहरुले पनि सोच्नु पर्ने दिन आएको छ । बफर्जोंन निर्वाचनसंग जोडिएका जनताका भ्रमहरु चिर्न र बफर्जोंनमा मेरो दलको प्रतिनिधित्व किन भन्ने कुराको जवाफ जनतालाई दिन सक्ने हुनु पर्दछ ।

    निकुञ्ज ऐनको जनमुखी संसोधन बेगर हामीले कुनै बफर्जोंनको चुनाब बहिस्कार या खारेज मात्रैको खास सकारात्मक असर भोग्न पाइन्छ भन्ने भ्रमबाट हामी मुक्त हुन् जरुरी छ । यो आन्दोलनको या दबाबको एउटा झिनो साधन हुन सक्छ तर निकास हैन ।

    राजनीतिक दलहरुले अहिले बफर्जोंनलाइ कसरी जनताको हित र निकासको दिर्घकालिन मुद्दासंग जोडने भन्ने रणनीतिक उपयोगको योजना निर्माण गरि आफ्ना प्रतिनिधिहरुलाई वन बन्यजन्तु संरक्षण संगै जनताका मुद्दा पनि स्थापित गर्ने आन्तरिक लडाई चर्काउन स्पस्ट निर्देशन दिइनु पर्दछ । जसरी पंचायत विरुद्ध पंचायतकै सदनमा बसेर हाम्रा जनपक्षीय प्रतिनिधिले आवाज घंकाउथे ।

    हामी सबै जिम्मेवार हुन पर्ने दिन आएका छन् । हाम्रो अन्तिम लडाईको रुपमा रहेको निकुञ्ज ऐनको जनमुखी संसोधनका लागि केहि प्रयास नै भएका छैनन् भन्ने हैन, धेरै भएका छन् । तर नतिजामा महसुस गर्न नपाउने बेला सम्म हाम्रो आन्दोलन निरन्तर चलाइरहनु नै पर्दछ । भने आन्दोलन र दबाबका प्रकृति व्यक्ति र व्यक्तिलाई जनताले दिएका जिम्मेवारी अनुसार फरक र परिभाषित हुन्छन भन्ने हेक्का भुल्नु हुदैन ।

    आज सम्म हाम्रा जनप्रतिनिधिहरुले आफ्ना सदनहरुमा कहिले र कति यो मुद्दामा ध्यानाकर्षण गराउनु भयो, हामी जनताले हाम्रा जनप्रतिनिधिहरुलाई संसोधनका पक्षमा सदन र सरकारको ध्यानाकर्षण गर्न कति सुझाब गर्यौं भन्ने कुराको पनि मुल्यांकन गर्दै आज सम्म जे भयो त्यसलाई सच्याउँदै सबै माननीयज्यूहरुलाई अबका आ-आफ्ना सदनहरु निकुञ्ज ऐन संसोधनका आवाजले घन्काएर सम्बन्धित निकाय र सरकारको ध्यानाकर्षण गराउन अनुरोध साथ निबेदन गरौ, ठिक बेला यहि हो किन कि निकुञ्ज ऐन संसोधनको प्रस्ताब सरकारले सदनमा ल्याउने तयारी गरिरहेको छ र यो बेला जनताको आवाज र काम आफ्नो परिभाषित जिम्मेवारी अनुसार नबोल्ने र नगर्ने अनि गोहीका आँशु झारेर जनता झुक्याउने जनप्रतिनिधि जनताको मूल्यांकनको कसीमा नापिनु नै पर्छ ।

    हामी जनताको तहबाट निरन्तर खबरदारी गरिरहौं यो खबरदारीलाई ब्यबस्थित गर्न स्थानीय जनप्रतिनिधिको अझै सक्रिय र महत्वपूर्ण नेतृत्वदायी भूमिका देख्न पाइयोस । हामी जस्तै पिडामा भएका अन्य पालिकाहरु समेतको साझा आन्दोलन बनाउने गरि नेतृत्व लिन स्थानीय सरकारलाई अपिल गर्दै हामी सबैखाले अभियान्ता मिडियाकर्मी जसले माडीको निकासको आन्दोलन चलाइरहेका छौं ।

    हाम्रो पनि आफ्नो सिमा भित्र रही हामी भन्दा अगाडीको लाइनमा हुनु पर्ने दलीय संरचना र त्यो भन्दा अगाडी हुन् पर्ने जनप्रतिनिधिलाइ अगाडी स्वीकारेर हाम्रा अभियानहरु र खबरदारीहरु निरन्तर गरौं । हामी भुइँमान्छेहरुलाई जस चाहिएको छैन काम चाहिएको छ र हामी फेरी पनि दृढ संकल्पका साथ भन्छौ, हामीले नै हो यो लडाई लडने र माडीको मुक्ति आन्दोलन सफल पार्ने । हामीले नगरे कसले गर्ने ? अहिले नगरे कहिले गर्ने ? जय माडी ! जय माडी एकता !!!

    लेखक : नारायण पौडेल 

    माडी नगरपालिका ३, बसन्तपुर 

      शनिबार, साउन २५, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार
      रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र
      शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र
      जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 
      बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा
      हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.