माडी क्याम्पस देखि मिलन चाेक हुँदै जनकल्याण मा.वि. जाेड्ने सडक कालाेपत्रे गर्न बागमती प्रदेश सरकारले समपुरक अनुदान मार्फत १ कराेड ५० लाख विनियाेजन गरेकाे छ ।
आर्थिक वर्ष २०८०/०८१ मा कार्यन्वयन हुने गरि माडी नगरपालिका बाट सिफारीस भइ बागमती प्रदेश सरकारसंग माग गरिएका योजनामध्ये उक्त सडक लाई समेत अनुदान प्राप्त भएकाे हाे ।
साथै, माडी नगरपालिका वडा नं. ७ देखि कृष्ण मन्दिर जाने सडक कालोपत्रेकाे लागि समेत साेहि शीर्षक अन्तरगत १ करोड ५० लाख विनियाेजन भएकाे छ ।
त्यस्तै, प्रदेश विशेष अनुदान अन्तरगत बालकल्याण आधारभुत विधालय जगन्नाथपुरीको ८ कोठे भवन निर्माण गर्न १ करोड विनियाेजन भएकाे माडी नगरप्रमुखकाे सचिवालयले जनाएकाे छ ।
बजेट विनियाेजनकाे लागि पहल गर्नुहुने बागमती प्रदेश सभा सदस्य ठाकुरप्रसाद ढकाललाई नगरप्रमुखकाे सचिवालयले धन्यवाद समेत व्यक्त गरेकाे छ । #PPU800302