कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा नारायण प्रसाद सुवेदी चयन हुनुभएकाे छ ।
Advertisement
कल्याणपुर मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको १२ औं वार्षिक साधारण सभा तथा पाँचाै अधिवेशले माडी-७ बालविकास इङ्लिस स्कुलका शिक्षक समेत रहनुभएका सुवेदीकाे अध्यक्षतामा ११ सदस्यिय नयाँ कार्यसमिति चयन गरेकाे हाे ।
समितिकाे उपाध्यक्षमा शिवादेवी रानाभाट, सचिवमा नारायण प्रसाद भट्टराई, काेषाध्यक्षमा सर्मिला वि.क. र सदस्यहरूमा क्रमश: माेहन आचार्य, जानुका आचार्य, अनुस्का पाैडेल, पुर्ण वानिया, चन्द्रकान्त सापकाेटा, नारायण प्रसाद पाैडेल र सुरेश थापा चयन हुनुभएकाे छ भने लेखा संयाेजकमा हर्क बहादुर चापागाईं चयन हुनुभयाे ।
साधारण सभा तथा अधिवेशन माडी नगरपालिका-६ स्थित पुष्प मदनस्मृति वाटिकाकाे सभाहलमा सम्पन्न भएकाे हाे । #PRD810806