• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, मङि्सर २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. माडी सम्भावना चुनौती र संबाहक हो

  • ३. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ४. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ५. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ८. हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

  • ९. निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

  • १०. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

भरतपुरमा दुई नयाँ खानेपानी आयोजना निर्माण हुँदै


  •   बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
  • संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना र भरतपुर खानेपानी व्यवस्थापन बोर्डको लागत साझेदारीमा दुईवटा नयाँ खानेपानी आयोजना निर्माण हुँदैछन् ।

    Advertisement

    बेलचोक सहलगानी खानेपानी आयोजना र गौरीगञ्ज खानेपानी आयोजना निर्माण हुन लागेका हुन् ।

    दुवै आयोजनामा ओभरहेड ट्याङ्की निर्माण, पुरानो पाइपलाइन प्रतिस्थापन एवं नयाँ पाइपलाइन विस्तार गरिनेछ । दुई खानेपानी आयोजनाको कुल लागत ५० करोड चार लाख ४९ हजार रूपैयाँ रहेको छ । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना भरतपुरका प्रमुख सुन्दर सुवेदीले अबको २० दिनभित्र दुवै आयोजनाको ठेक्का आह्वान गरिने बताए ।

    लागत साझेदारीमा खानेपानी आयोजना निर्माण गर्न भरतपुर खानेपानी व्यवस्थापन बोर्डले बजेटको सुनिश्चितता गरिसकेको छ ।

    हामी त्यसकै काममा लागिरहेका छौँ । अब १५ देखि २० दिनभित्र दुवै आयोजनाको ठेक्का निकाल्छौँ ।’ बेलचोक सहलगानी खानेपानी आयोजना १९ करोड ९५ लाख ३० हजार २१० रूपैयाँमा निर्माण गर्न लागिएको भरतपुर खानेपानी व्यवस्थापन बोर्डका कार्यकारी निर्देशक सञ्जय बरालले बताए । यो आयोजनामा संघीय खानेपानीको ७० प्रतिशत र बोर्डको ३० प्रतिशत लगानी रहने उनले बताए ।

    आयोजनाको कुल लागतको १० प्रतिशत अर्थात् एक करोड ९९ लाख ५३ हजार रूपैयाँ बोर्डले मङ्गलबार संयुक्त खातामा जम्मा गरेको उनले जानकारी दिए ।

    ‘यो आयोजनाका लागि हामीले मङ्गलबार झन्डै दुई करोड रूपैयाँ संयुक्त खातामा जम्मा गरिसकेका छौँ’, उनले भने, ‘भरतपुर–३ को बजार क्षेत्रमा यो आयोजनाको पानी वितरण हुनेछ, त्यसका लागि ओभरहेड ट्याङ्की, नयाँ पाइप विस्तार र पुरानो पाइप प्रतिस्थापन गरी ठूलो साइजको पाइप राख्नेछौँ ।’ उनका अनुसार डिप बोरिङले निकालेको पानी प्रशोधन गरेर वितरण गरिनेछ ।

    त्यस्तै, ३० करोड नौ लाख १९ हजार ९०४ रूपैयाँको लागतमा गौरीगञ्ज खानेपानी आयोजना निर्माण हुन लागेको उनले बताए । यो आयोजनामा संघको ९० प्रतिशत र बोर्डको १० प्रतिशत लगानी रहनेछ । बोर्डले व्यहोर्ने रकमको एक प्रतिशतले हुन आउने ३० लाख नौ हजार १९९ रूपैयाँ एक हप्ताअगाडि संयुक्त खातामा जम्मा गरिएको उनको भनाइ छ ।

    भरतपुर खानेपानी बोर्डको खानेपानी उपभोग गर्ने ग्राहकको संख्या करिब ४१ हजार छ । दैनिक खानेपानी उत्पादन तीन करोड ४८ लाख लिटर छ भने दैनिक दुई करोड ४६ लाख लिटर खपत हुने गरेको बरालले बताए । खानेपानीको चुहावट २९ प्रतिशत रहेको उनले जानकारी दिए । ‘सडक निर्माण तथा विस्तारका क्रममा खानेपानीका पाइप फुटाइँदा चुहावट बढी देखिएको छ’, उनले भने । उनका अनुसार २०७० साल फागुनदेखि खानेपानीको महसुल बढेको छैन । १० हजार लिटरसम्म पानी खपत गर्ने निजी/घरायसी ग्राहकले न्यूनतम महसुल १०० रूपैयाँ तिर्नुपर्छ भने बढी खपत गर्ने ग्राहकले प्रतिहजार लिटर १८ रूपैयाँ तिर्नुपर्छ ।

    संस्थागत ग्राहकले भने न्यूनतम १० हजार लिटरसम्म खपत गर्दा न्यूनतम महसुल १३५ रूपैयाँ तिर्नुपर्छ । त्यसभन्दा बढी खपत गरे प्रतिहजार लिटर २० रूपैयाँ तिर्नुपर्ने व्यवस्था रहेको बोर्डले जनाएको छ । २७ हजार लिटरसम्म पानी खपत गर्ने निजी/संस्थागत ग्राहकले न्यूनतम ९७५ रूपैयाँ र त्यसभन्दा बढी खपत गर्दा प्रतिहजार लिटर ३० रूपैयाँ तिर्नुपर्छ ।

      बिहिबार, फागुन २२, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण
      एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने
      जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी
      निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल
      हेटौंडामा एकै दिन भत्काइए ५३१ घर
      रास्वपा प्रतिनिधिसभा उम्मेदवारका लागि आवेदन खुला, शुल्क २५ हजार

      लोकप्रिय

      • १.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ४.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ५.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      • ६.
        माडी सम्भावना चुनौती र संबाहक हो

      भर्खरै

      • १.
        थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

      • २.
        भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

      • ३.
        भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

      • ४.
        नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

      • ५.
        एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

      • ६.
        अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

      • ७.
        जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

      • ८.
        निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.