मैले केपी ओली लाई ठीकै मान्थेँ। म लेखक मान्छे। कुनै राजनीति सँग सरोकार थिएन। विसं २०६८ साल मा इण्डिया को फैजाबादी अयोध्या पुग्दा त्यहाँ को भूगोल र वाल्मीकि रामायण तथा अयोध्या माहात्म्य मा वर्णन गरिएको भूगोल का बीच तादात्म्य नदेखेपछि असली अयोध्या पृथ्वी मा कहीँ छ भने अवश्य फेला पर्ने छ भन्दै खोजेर हिँडेको मान्छे।
जब फेला पर्यो र तेसका पक्ष मा धेरै प्रमाणहरू पत्ता लगाएँ तब मात्रै २०७४ साल देखि बोल्न थालेको थिएँ। राम हाम्रा छोरा हुन् ज्वाईं होइनन् भन्ने शीर्षक को मेरो लेख २०७४ मै हिमवत्खण्ड मा छापिएको थियो। २०७४ देखि नै मैले फेसबुक तथा ट्विटर मा पनि असली अयोध्या चितवन को माडी मा पर्छ भनेर लेख्न थालेको थिएँ। केही प्रतिष्ठित व्यक्ति ले तपाईंको अनुसन्धान प्रम समक्ष पुर्याउन पर्यो भनेर माग्नु भयो। मैले दिएँ। तेसको केही समय नबित्दै विसं २०७७ को असार २९ गते भानुजयन्ती का अवसर मा ओली ले राम जन्मेको पर्सा को ठोरी मा हो भनेर बोले।
तर मेरो लेख मा ठोरी देखि पश्चिम मा रहेको माडी लाई असली अयोध्या भनिएको थियो। शायद ओली लाई ठोरी शब्द ले बढी प्रभावित पार्यो कि। वास्तव मा ठोरी का दक्षिण मा पर्वत थिएन नदी थियो। तर माडी का दक्षिण मा पर्वत छ र उत्तर मा नदी छ।
वाल्मीकि ले पनि रामायण मा अयोध्या का उत्तर मा नदी र दक्षिण मा पर्वत रहेको वर्णन गरेका छन्। तेसपछि मैले ओली लाई भेटेर यो कुरा बुझाएँ र पर्सा को ठोरी का ठाउँ मा चितवन को माडी भन्नुपर्ने सुझाव दिएँ। त्यो बेला उनले मेरो लेख पढ्दा पढ्दै रात को १ बजेको कुरा सुनाएका थिए। त्यो बेला यी कुरा सुन्ने ईश्वर पोखरेल, साध्यबहादुर भण्डारी, ताराकाजी महतो लगायत अरु वरिष्ठ व्यक्तिहरू पनि थिए। यो समाचार भोलिपल्टै को कान्तिपुर को मुखपृष्ठ मा तस्वीर सहित छापिएको पनि थियो।
तेसपछि उनले मेरो सुझाव लाई मानेर मूर्तिहरू माडी पठाएको पनि देखियो। खुशी लाग्यो। तर अयोध्या का बारे मा जहाँ बोल्दा पनि उनका मुख बाट मेरो नाउँ चाहिँ आउँदैनथ्यो। नाम लिन किन असहज भएको होला भन्ने मलाई लागिरहन्थ्यो। तर मैले तेसमा खासै वास्ता गरेको थिइनँ। म आफ्नो काम मा लागिरहेको थिएँ। अयोध्या सम्बन्ध मा मेरा अनेक अन्तर्वार्ताहरू बाहिर आइरहेका थिए। मेरा लेखहरू कुनै गोरखापत्र मा र कुनै अन्य पत्रिका मा छापिए। अनलाइन पत्रिका मा पनि आए।
जिउज्यान नै जोखिम मा राखेर एति ठूलो विषय मा मैले काम गरिरहेको थिएँ। अध्ययन का क्रम मा आफ्नै खर्च मा नेपाल तथा इण्डिया का शयौं ठाउँ मा पुगेको थिएँ। यो कुरा ओली प्रधानमन्त्री भएका बेला मैले नबुझाएको होइन। तर त्यो बेला मलाई राज्य बाट कुनै सर सहयोग प्राप्त भएन। झण्डै ७५० पेज को पुस्तक तयार अवस्था मा भएको डेढ वर्ष पुग्न लाग्यो। छाप्न का लागि पैसा को खोजी मा भौंतारिइरहेको छू।
एस्तैमा केही दिन अघि २३ पुष मा रामजन्मभूमि का बारे मा ओली का भनाई नागरिक मा https://nagariknews.nagariknetwork.com/…/oli-said-again… छापिएको देखेँ। त्यहाँ उनले फेरि ठोरी लाई नै असली रामजन्मभूमि भएको बताएका रहेछन्। मैले ओली लाई प्रमाण बताउँदा चिनिया तीर्थयात्री फाहियान ले बुद्ध को राज्य भन्दा झण्डै २०० “ली” पूर्व मा श्रीराम को राज्य रहेको उल्लेख गरेका छन् भनेर सुनाएको थिएँ। “ली” चिनिया मापन पद्धति को प्राचीन ईकाई हो।
तर नागरिक मा ओली ले चिनिया जिब्रो ले ठोरी भन्न नजानेर लोली भनेको हो भनेर बताएका रहेछन्। मैले लोली होइन २०० ली भनेको थिएँ। त्यहाँ पनि उनलाई अलमल भएछ भन्ने बुझेँ। उनले नागरिक मा भनेको एउटा वाक्य ले त मलाई झन् दिक्क लागेर आयो। उनले यो आफ्नै अनुसन्धान भएको बताएका रहेछन्। त्यहाँ छापिएको छ- ‘मैले राजनीति गरेको होइन, आफैंले शास्त्रहरूको अध्ययन गर्दा प्राप्त गरेको ऐतिहासिक तथ्य राखेको हुँ,’ ओली ले भने।
नेताहरू हामी जस्ता लेखक अनुसन्धाताहरू को अभिभावक को भूमिका मा देखिनुपर्ने होइन र ? अर्काको खोज लाई आफ्नो अनुसन्धान भन्दै हिँड्न कुन नैतिकता ले दिन्छ ? पेट पोल्दैन ?
लेखक : लोकमणि पौडेल
अनुसन्धाता तथा अयोध्याका अध्येता





