नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट चितवन क्षेत्र नम्बर ३ की उम्मेद्वार रेनु दाहाल यतिबेला मतदाता भेटघाट कार्यक्रममा व्यस्त छन्। फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि उनी मतदाता भेटघाटका लागि घर, टोल, गाउँ, वडा, वडा पुगेकी छन्।
सोहि मतदाता भेटघाट कार्यक्रमका क्रममा दाहालले भरतपुर महानगरको मेयर पदमा हुदा भरतपुरको समग्र विकासमा महत्वपूर्ण भूमिका खेलेको भन्दै मतदाताहरूले खुलेर प्रशंसा गरेका छन्। भौतिक पूर्वाधार, कृषि, पर्यटन प्रवर्द्धन, शिक्षा, स्वास्थ्य, खानेपानी लगाएतका क्षेत्रमा दाहालले गरेको पछिल्लो विकासको यात्रालाई लिएर स्थानीय मतदाताहरूले उच्च प्रशंसा व्यक्त गरेका हुन्।
भरतपुरको विकासमा क्रान्ति ल्याएकी रेनु दाहाल जस्तो छोरी कुनै आमाले जन्माएका छैनन्,” एक स्थानीय मतदाताले भावुक हुँदै भनिन् , “उहाँकै पहलमा सडक विस्तार भयो, कृषि क्षेत्रमा नयाँ कार्यक्रम आए हामीले धेरै सुबिधा पायौं।
२०४६ सालबाट निर्वाचित भएका नेताहरूमध्ये रेनु दाहालले नै भरतपुर बासीको दुःख सुख बुझेको मतदाता बताउछन्। स्थानीय मतदाता भन्छिन्, बाटो कच्ची हुँदा सडकका ढुंगा उछुट्टिएर झ्यालका सिसा फुट्ने अवस्था थियो, अहिले बाटो सललल छ, खेतमा पानी नभएर खेतीपातिबाट नोक्सानी बेहोर्नु परेको थियो, अन्य सिँचाइ, मल, बिउ, बिजन लगायतका थुप्रै समस्याहरु भोग्नुपरेको थियो ।
जब रेनु दाहालको नेतृत्व आएपछि हामीले धेरै सुबिधा पायौ । कुनै दिन खेतीपाती बाट नोक्सानी बेहोर्नु परेको अवस्था सम्झिदै अहिले आर्थिक आम्दानी समेत गर्न सकिने स्थिति बनेको उनको भनाइ थियो।
स्थानीयका अनुसार दाहालको कार्यकालमा सडक कालोपत्रे, ढल तथा खानेपानी व्यवस्थापन, सार्वजनिक पार्क निर्माण र बजार व्यवस्थापनमा उल्लेखनीय सुधार भएको छ। साथै, किसानलाई अनुदान, सीपमूलक तालिम र युवालाई स्वरोजगार कार्यक्रममा जोड्ने प्रयासले खुसि लागेको बताउदै विकास प्रेमी नेत्रीलाई हामीले फेरि पनि सोही ठाउँबाट जिताउनुपर्छ । स्थानियले भने,
मतदाता भेटघाटका क्रममा दाहालले ९ वर्ष भरतपुर महानगरपालिकाको मेयर पदमा बसेर समग्र विकासका निम्ति आफूले योगदान दिएको बताइन्। उनी भन्छिन्, मैले भरतपुरको विकासका लागि दिनरात नभनी खटिएर धेरै काम गरे ।
सोही कामलाई निरन्तरता दिँदै अन्य कामहरु थुप्रै गर्न बाँकी छन् । भरतपुर बासीको सेवाका लागि म अझै काम गर्न तप्पर छु, त्यसैले मैले उम्मेदवारी दिएकी हुँ।मेरो अनुहार कुनै नौलो अनुहार होइन, म यही माटोमा जन्मिए, यही माटोमा हुर्किए, यही माटोमा सेवा गरे र भोलिका दिनमा पनि यही माटोमा यही ठाउँमा सेवा गर्न चाहन्छु।
मैले भरतपुरको विकासका लागि मेरो आफ्नै जन्मदिने आमा बिरामी हुँदा पनि आमालाई समय नदिएर मैले भरतपुर बासीका लागि समय दिएर विभिन्न काम गरे। आज मेरा तिनै कामहरु सम्झिएर सबै मतदाताले मलाई फेरि पनि भोट हालेर जिताउनुहुन्छ भन्नेमा विश्वस्त छु। उनी भन्छिन्,
चितवन–३ मा चुनावी माहोल तातेका बेला दाहाल विकास, स्थायित्व र निरन्तरताको एजेन्डा लिएर मतदातामाझ पुगेकी छन्। उनले पूर्वाधारसँगै शिक्षा, स्वास्थ्य र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेको बताउछिन्।
