माडी-५, नयँपिपरिया – मिलनचाेक जाेड्ने सडक धुलाम्य हुँदा सास्ति खेप्नुपरेकाे भन्दै स्थानीयले बाटाे अवरूद्द गरेका छन् ।
Advertisement
भरतपुर-माडी हुलाकि सडकमा पर्ने बाँदरमुढे खाेलाकाे पुल सञ्चालनकाे लागि बाटाे बन्द हुँदा सबै सार्वजनिक तथा निजि सवारी साधनहरू यसै बाटाे भएर गुड्ने गर्दा सडक धुलाम्य भएकाे र राैतनी खाेलाकाे पुल जिर्ण भएकाेले ठुला सवारी साधनहरूलाई बैकल्पिक बाटाे प्रयाेग गर्न स्थानियले सुझाएका हुन् ।
चर्काे घाम र बस, टिप्पर जस्ता ठुला सवारीसाधनहरू ओहाेर दाेहाेर गर्दा बढि धुलाे उड्ने गरेकाे भन्दै स्थानियले यसकाे विकल्प खाेज्न आग्रह गरेका छन् । #PRD800302