• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

व्यवसायसंगै राजनीतिमा सक्रिय राजकुमार तरुणदल चितवनको अध्यक्षको तयारीमा


  •   शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित
  • गतिविधि निकै सुस्त देखिने नेपाली काँग्रेसका भात्रृ संगठनको गतिविधि भने चितवनमा हिजोआज  निकै तातेको छ ।

    Advertisement

    अधिवेशन तोकिएसंगै स्वतन्त्र विद्यार्थी युनियनको चुनावी सरगर्मी पनि देशभर बढिरहेको छ । तरुणदलको अधिवेशन पनि नजिकिदै गर्दा चुनावी माहोल पनि सृजना हुँदै गएको छ । काँग्रेसको भातृ संगठन तथा पार्टीको मेरुदण्ड मानिएको तरुणदलको जिल्ला नेतृत्वका झण्डै आधा दर्जन आकांक्षी देखिएका छन् । सबैको आ–आफ्नै दाबी र योजना छन् ।

    आकांक्षी मध्येका र जिल्लाका युवा पुस्तामा प्रभावशाली एवं संभावना बोकेका नेता हुन् भरतपुर महानगरपालिका वडा नम्बर १७ का  राजकुमार तामाङ्ग झट्ट हेर्दा कुनै पहलमानी प्रतियोगिता विजेता जस्ता देखिने खाईलाग्दो शरीरका राजकुमारको बोलिचालीमा  मिठास तथा स्वभाव मिलनसार भएकै कारण उनले प्रशंसक र शुभेच्छुक  धेरै कमाएका छन । तामाङ्ग एक कुशल बक्सिङ्ग खेलाडी पनि हुन् ।

    नेपाली कांग्रेसको पश्चिम चितवनको खम्बानै मानिने लामा इमान्दार र सहयोगी व्यक्तिको रुपमा पनि परिचित छन् । पारिवारिक पृष्ठभुमिनै नेपाली काँग्रेस उनी चितवनको लागि नयाँ व्यक्तित्व होइनन् । स्कुल , कलेज तह हुंदै कांग्रेसको १४ औं महाधिवेशन प्रतिनिधिको उम्मेदवारी  समेत दिएका थिए ।

    उनी तरुणदलको आसन्न अधिवेशनमा अध्यक्ष पदका  लागि बलियो दावेदारीका साथ होमिने तयारीमा छन्। गत निर्वाचनमा वडा नम्बर १७ कै जनप्रतिनिधि निर्वाचित उनमा चितवनका युवाहरुको आशा र भरोसा देखिन्छ । ‘मलाई कसैको सहयोग गर्न कुनै पार्टी धर्म वर्ग चाहिंँदैन म जुनसुकै बेला पनि सहयोग गर्न तयार हुन्छु । गर्नु पनि पर्छ हामी समाज सेवामा लाग्नेहरूले । मेरो अनुभवले पनि यही भन्छ । ’ उनी आत्मविश्वास व्यक्त गर्छन ।

    पश्चिम चितवनको मझुवा सामुदायिक वनका दुई पटक अध्यक्ष बनेका उनी आफ्नै वडामा सक्रिय युवा पात्र पनि मानिन्छन् ।  स्कुले जीवनदेखिनै काँग्रेसको चारतारे झण्डा र रुख चुनाव चिन्हसंग घनिष्ट मित्रता गांँसेका उनी पार्टीलाई पर्दा पहरेदार र पहाड जस्तो उभिने क्षमता राख्छन । ‘मैले पार्टीलाई पर्दा जतिबेला र जस्तोसुकै परिस्थितिमा अगाडि बढ्न तयार छु, पार्टी मेरो रगत हो पार्टी मेरो भविष्य पनि हो ।’ उनमा पार्टीप्रति समर्पण सजिलै देखिन्छ ।

    हिम्मत निडर, इमान्दारिताको पर्यायवाची तामाङ्ग सबैसंँग घुलमिल हुने युवा नेता हुन् । ‘म पार्टीका सबै तह तप्काको नेताहरुलाई सम्मान र आदर गर्दै आएको छु, उनी भन्छन, युवाहरुलाई पनि उत्तिकै माया र सद्भाव राख्ने मेरो बिशेषता हो ।’ तरुणदललाई सक्रिय बनाउन, चलायमान बनाउन निकैनै मेहनत गर्ने उनी चितवनका पार्टीका नेताको आंँखामा पर्न सफल भएका युवा नेताको रुपमा स्थापित छन । त्यसैले पार्टीको जुनसकै कार्यक्रम तथा अभियान होस उनी हाजिर भईहाल्छन ।

    नेपाल  तरुण दलको केन्द्रिय अध्यक्ष विद्धान गुरुङ्गको निर्देशनमा हाल तरुणदलको नवीकरण र सदस्य विस्तारमा चितवनका सबै स्थानीय तह देखि वडा तहसम्म तल्लिन छन  । ‘म अहिले तरुणदलको सदस्यता विस्तार र नवीकरणमा व्यस्त छु , उनी भन्छन , यस काममा पार्टीले दिएको विश्वासलाई गुम्न दिन्न ।’ कुनैपनि अध्यक्ष पदको आकांक्षीलाई प्रतिस्पर्धी नभई सहयात्रीको रुपमा लिन्छन उनी । ‘अहिलेसम्म मेरो प्रतिस्पर्धी , विरोधी, र दुश्मनी छैन, सबैलाई म मेरो सहयात्रीको रुपमा लिएको छु ’ उनी भन्छन ।  उनी चितवनको राजनीतिमा मात्र सक्रिय छैनन समाजसेवामा पनि उक्तिकै दिलचस्पी राख्छन । ‘मैले राजनीतिलाई पेशाको रुपमा होइन सेवाको रुपमा लिएको छु ।

    म राजनीतिमार्फत समाजसेवा गर्न चाहन्छु ।’ उनको अठोट छ ।  त्यसो त उनी चाहे भुकम्प होस, बाढीहोस या कुनै घटना उत्तिखेरै सहयोगका लागि तत्पर हुन्छन । ‘म युवा राजनीति गरेर कति सहयोग गरें, कति गरीबको मलम पट्टी लगाएंँ हेक्कानै छैन । मैले यसको हिसाब किताव गर्ने बानी पनि छैन ।’ उनमा निश्वार्थ भाव झल्किन्छ । भरतपुरमा आफ्नो उद्यम व्यवसायलाई पनि संँगै अघि बढाएका उनले दर्जनौलाई  रोजगारी समेत प्रदान गरेका छन ।

    युवाको भविष्यको चिन्ता र चासो लिने उनी युवालाई शिक्षा संँगै रोजगारी , उत्पादनशील र सिर्जनशील काम  दिनुपर्नेमा जोड दिन्छन ।
    तरुणदलमा अध्यक्ष भएर संगठन सुदृढीकरण गर्ने, गतिशिल बनाउने,संगठन विस्तार गर्ने भाईचारा भातृत्व विकास गर्ने र नेतृत्व र क्षमता अभिवृद्धि गर्ने उनको धोको छ ।

    ‘बर्षौसम्म तरुणदलको अधिवेशन अनिर्णयको बन्दी भईरहेका बेला उनको आगमनले तरुणदल चितवनमा नयाँ परिवर्तन आउला भन्ने आशा गर्न  सकिन्छ । ’

      शुक्रबार, फागुन २३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार
      रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र
      शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र
      जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 
      बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा
      हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.