• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, मङि्सर २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. माडी सम्भावना चुनौती र संबाहक हो

  • ३. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ४. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ५. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ८. हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

  • ९. निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

  • १०. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

शिक्षक मित्रहरूलाई खुला पत्र : अब पनि नबोले कहिले बोल्ने ? कहिलेसम्म बोक्ने दलको झोला  


  •   शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
  • आदरणीय शिक्षक साथीहरू, शिक्षण पेशा रोज्नु भनेको राष्ट्रनिर्माणका लागि आफ्नो जीवन समर्पण गर्नु हो। तपाईंहरूले हजारौं बालबालिकाको भविष्य निर्माण गर्दै आउनुभएको छ, तर आज त्यो उज्यालो मन्द हुँदै गएको छ।

    Advertisement

    यसको मुख्य कारण हो – राजनीतिक दलहरूको अनैतिक खेल, जसले कहिले तपाईंहरूलाई कार्यकर्ता बनायो, कहिले आतङ्ककारीको संज्ञा दियो।

    २०८२ सालको नयाँ शैक्षिक सत्र एउटा उत्सवको रूपमा सुरु हुनुपर्ने थियो, तर आज विद्यालयहरू सुनसान छन्। विद्यार्थीको हाँसो हराएको छ, शिक्षकको अनुहारमा पीडा छ र शिक्षालयहरूमा सन्नाटा छाएको छ। यसको मूल कारण छ – सरकारको उदासीनता, गैरजिम्मेवारी र शिक्षाप्रतिको उपेक्षा।

    देशभर भर्ना प्रक्रिया ठप्प छ, SEE उत्तरपुस्तिका मूल्याङ्कन रोकिएको छ, कक्षा १२ को परीक्षा अन्योलमा छ। शिक्षा प्रणाली पूर्ण रूपमा सङ्कटमा परेको छ। हामीले विगतमा तीनवटा सरकारसँग तीनवटा सहमति गर्यौं —२०७५ मा ३० बुँदे, २०७८ मा ५१ बुँदे, र २०८० मा ६ बुँदे। तर ती सहमतिहरू आज बालुवामा पानी सावित भए। कार्यान्वयनको सट्टा, शिक्षकमाथि राजनीतिक चरित्र हत्या गरियो। संसद्‌मा शिक्षकलाई ‘आफ्नो मान्छे’ भनेर गन्ने, आन्दोलन गर्दा ‘मिलिहाल्छन्’ भनेर हल्का रूपमा हेर्ने र प्रधानमन्त्री स्वयंले “आआफ्ना दलका शिक्षकलाई मनाऊँ” भन्ने अभिव्यक्ति दिनु —यी सबै शिक्षकको पेसागत गरिमा र स्वतन्त्रतामाथिको गम्भीर अपमान हुन्। “हाम्रै हुन्”, “मिलिहाल्छन्” भन्ने सोच शिक्षालाई सस्तो राजनीतिक सौदाबाजीको विषय बनाउने मानसिकताको उपज हो।

    अब आत्ममूल्याङ्कन गर्ने बेला आएको छ — हामी शिक्षक हौं कि राजनीतिक कार्यकर्ता? हाम्रो आन्दोलन स्वतन्त्र छ कि कुनै दलको रणनीतिक औजार? दलको झोला बोक्नु हाम्रो धर्म हो कि राष्ट्रको भविष्य निर्माण गर्नु? हिजो हामीलाई सभा भराउन प्रयोग गरियो, आज आवाज उठाउँदा आतङ्ककारी भनिन्छ। अब पनि मौन बस्ने? अझै दलको झोला बोकिरहने?

    अब निर्णय लिऊँ — राजनीतिक दलको सदस्यता परित्याग गरौं , दलीय परिचयपत्र च्यातौँ, दलीय शृङ्खला तोडौँ र स्वतन्त्र शिक्षकको परिचय अपनाऔं — शिक्षाका लागि समर्पित, राष्ट्रका लागि प्रतिबद्ध भएर। राजनीतिक चेतना हुनु सकारात्मक कुरा हो, तर दलीय अनुशासनमा बाँधिनु शिक्षाको आत्माविरुद्धको विद्रोह हो।

    अन्त्यमा, सत्ता फेरियो तर सोच फेरिएन। अब सोच फेरौं, परिचय फेरौं, बाटो फेरौं। हामी राजनीतिक होइन, नैतिक शिक्षक बन्ने संकल्प गरौं। यो मौन बस्ने समय होइन—यो उठ्ने, बोल्ने र बदल्ने समय हो। अब पनि नबोल्ने? अझै पनि दलको झोला बोकिरहने? बोल्नुस्—शिक्षाका लागि। उभिनुस्—राष्ट्रका लागि। अगाडि बढ्नुस्—आफ्नो स्वाभिमानका लागि।

    धन्यवाद !
    कृष्णहरि पौडेल
    उपप्रमुख, शिक्षा विभाग
    राष्ट्रिय स्वतन्त्र पार्टी

      शुक्रबार, बैशाख १२, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      माडी सम्भावना चुनौती र संबाहक हो
      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार
      रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र
      शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र
      जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 
      बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा

      लोकप्रिय

      • १.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ४.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ५.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      • ६.
        माडी सम्भावना चुनौती र संबाहक हो

      भर्खरै

      • १.
        थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

      • २.
        भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

      • ३.
        भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

      • ४.
        नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

      • ५.
        एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

      • ६.
        अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

      • ७.
        जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

      • ८.
        निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.