Logo
  • गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, कार्तिक ०२, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने

नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा

सहकारी ठगी गरेर हिँड्नेलाई कुनै हालतमा छाड्न हुन्नः प्रधानमन्त्री कार्की

अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

लोकप्रिय समाचार

  • १. भरतपुर अस्पताल रोडमा एक साइडमा पार्किङ अर्को साइडमा फुटपाथ

  • २. ‘सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ ’

  • ३. हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।

  • ४. विश्व हिन्दु महासंघ चितवनको चर्को बिरोधपछि भरतपुर १२ ले निर्णय सच्यायो

  • ५. तिहारलाई अनुशासित एवं मौलिक रुपमा मनाउन चितवन प्रशासनको अपिल

  • ६. नेपाल वायुसेवा निगमको अक्टोबर १९ को काठमाडौँ—ग्वाञ्जाओ उडान रद्द

  • ७. अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की

  • ८. असहज परिस्थितिमा पार्टीभित्र सुदृढ एकता कायम गर्न अध्यक्ष ओलीको आग्रह

  • ९. नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

  • १०. दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल

बाँदरमुढे घटनालाई फर्केर हेर्दा


  •   मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
  • माडी – ७ देबेन्द्रपुरका कृष्ण भनेर चिनिने लेखनाथ अधिकारी तत्कालीन समयमा प्रशासनिक कामका लागि भरतपुर जानेक्रममा तत्कालीन नेकपा माओवादी पार्टीले राखेको बिद्युतिय धरापमा परी २ वटा खुट्टा ढाड र छातीको करङ्ग र हात भाँचिएको र हाल देब्रे खुट्टामा स्टिल राखेर अहिले सामान्य हिडडुल गर्दै आउनुभएको छ ।

    Advertisement

    उहाँको अहिले पनि छातीको करङ्ग दायाँतिरको भित्र पसेको छ भने बायाँतिरको ३ वटा करङ्ग बाहिर निस्किएको छ । यसै समसामयिक बिषयबस्तुमा रहेर पारदर्शीकर्मि अजित अधिकारीले बाँदरमुढे घट्ना पीडित समितिका उपाध्यक्ष अधिकारीसंग गर्नुभएको कुराकानी ।

    यहाँलाई हार्दिक स्वागत छ, पारदर्शी अनलाइनमा
    – धन्यवाद, अजित जि !

    आराम हुनुहुन्छ ?
    – आराम छु भनौं तर भाग्यले बाँचेको मान्छे हुँ । जसोतसो आराम नै छु भन्नुपर्यो ।

    कहालीलाग्दो बाँदरमुढे घट्नालाई तपाईं कसरी स्मरण गर्नुहुन्छ ?
    – हृदयबिदारक घट्ना घटेको पनि आज १७ बर्ष पुगेर १८ बर्ष प्रवेश गरिसकेको छ । म त्यतिबेला प्रशासनिक कामको लागि भरतपुर जाँदै थिए । त्यहाँ पुग्दा बसको क्यारक्यार आवाज आइरहेको थियो । प्यासिन्जर सबैको अड्कल बसको बडी भागमा होला भन्ने रह्यो । आखिर त्यस्तो नभई एक्कासी ठुलो आवाजमा ड्वाम्म गरेको आवाज आएको मलाई थाहा नै भएन म बेहोस भएछु । पछि सुन्नमा आएअनुसार सिभिल ड्रेसमा ७ जना आर्मी रहेछन् । त्यस घट्नामा ७५ जना घाइते र ३९ जनाको मृत्यु भयो ।

    घट्ना पश्चात् तपाईं बेहोस हुनुभयो र होसमा कति समयमा आउनुभयो ?
    – सुरुमा मलाई केहीपनि थाहा भएन, बाँदरमुढे घट्नास्थलबाट उपचारका लागि एम्बुलेन्समा र त्यहाँबाट काठमाडौंको छाउनी अस्पतालमा लगियो । म घाइते र अर्धचेत अबस्थामा भएको बिहान ९ बजेतिर थाहा भयो ।

    थाहा भएपछि तपाईंलाई कस्तो भयो ?
    – म आँफैलाई यस्तो भएको बिश्वास लागेन । पत्रपत्रिका, रेडियो, टेलिभिजन र अखबारहरुमा सबैतिर समाचार आएपछि बल्ल थाहा पाए ।

    घट्नापश्चात् उपचारमा कोही कसैले सहयोग गरे या गरेनन् ?
    – सुरुमा आफ्नै खर्चमा उपचार गरे, उपचार गर्दा सुरुमा छाउनी अस्पतालमा आर्मीहरुले २५ दिन सम्मको उपचारको ब्यबस्था मिलाए । त्यसपछि आफैले उपचार गरियो झन्डै त्यतिबेला ७ लाख रुपैयाँ खर्च भयो ।

    सहयोग पाउनुभयो कि नाइँ ?
    – मैले NGO, INGO बाट ह्विलचियर, बैशाखी र छोराछोरीलाई पढ्नको लागि केही पैसा राज्यबाट २०% (प्रतिशत) घाइते मुल्यांकन मार्फत ४० हजार पाएको थिए ।

    घट्नापश्चात् तपाईंको भेट नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसंग भेट भयो कि नाइँ ?
    – उहाँसंग जम्मा एकपटक चितवनको फुलबारीमा भेट भएको थियो । थुप्रै आश्वासन दिएपनि कुनै मुल्यांकन भएन । उहाँ दुईपटकसम्म प्रधानमन्त्री बन्दा र यसै क्षेत्रको सांसद पनि हुनुहुन्छ । यो समयमा पनि उहाँले पीडितहरुलाई कयौं आश्वासन दिनुभयो । तर पनि पूरा गर्न सक्नुभएन र यो बीचमा माओवादी केन्द्रको म प्रति हेर्ने नजर पनि अलि फरक छ । जस्तोकी, उहाँ माडी आउदै गर्दा पहिले मेरो घरमा सुरक्षा फौजहरु वाइसीएलका कार्यकर्ताहरुले घर घेर्ने र अपमानित तवरले हेर्ने क्रम जारी छ । तपाईंले सोध्ने बित्तिकै मलाई याद आयो, घट्ना घटेको केही बर्षपछि माडीमा पहिलो पटक प्रथम माडी महोत्सव गरिएको थियो । त्यो समयमा कार्यक्रम उद्घाटन गर्न प्रचण्ड माडी आउने खबर थाहा पाएको थिए । म लगाएत हामी पीडित परिवारले आफ्नो पाराले कालो झण्डा देखाउन जानेक्रममा प्रहरी प्रशासनले भेट्न छ भनी कुराकानी गर्ने क्रममा मलाई ई.प्र.का. बसन्तपुरमा ६ घण्टा हिरासतमा राखिएको थियो ।

    त्यसपछि प्रचण्ड उद्घाटन सकेर के भनेर गए त, तपाईंहरुका लागि ?
    – उनले कार्यक्रम उद्घाटन गर्दै, बाँदरमुढे घाइते, मृतक परिवार सबैलाई ६० लाख राहत प्याकेज घोषणा गरे । तर त्यो लागु गर्न उनले सकेनन् । उनी कयौं पटक प्रधानमन्त्री भए तर यो बारेमा उनले काम गरेनन् ।

    अन्त्यमा, केहि भन्न चाहनुहुन्छ ?
    – हामीलाई राज्यले नयाँ अबधारणा सहित राहत र प्याकेजका कार्यक्रमहरु ल्यायोस् । आश्वासन दिनको लागि मात्र झुटा प्याकेज नआउन् । दोषीलाई कारबाही गरियोस् र अन्तमा बिद्युतिय धरापमा परि ज्यान गुमाउनु भएका सबैमा हार्दिक श्रद्धासुमन र घाइते भएका योद्धाहरु अझैपनि बिस्तारामा छटपटाई रहनुभएको छ । उहाँहरुलाई उपचारका लागि पहल गरियोस् । र शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु ।

    आफ्नो बिचार राखिदिनुभएकोमा यहाँलाई धन्यवाद छ ।
    – मलाई पनि बिचार राख्ने अबसर दिनुभएकोमा यहाँलाई पनि धन्यवाद !

      मङ्गलबार, जेठ २३, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैनः प्रधानमन्त्री कार्की
      प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा ६ वटा रिट पेस
      दूधको बजारीकरण र भुक्तानीको विषयमा छलफल
      सामाजिक सञ्जालमा आतङ्क मच्चिएको छः सञ्चारमन्त्री खरेल
      ‘सिकाइमा सुधार ल्याउन शिक्षक, विद्यार्थी र अभिभावकबीच सहकार्य आवश्यक छ ’
      शीतल निवासमा राष्ट्रपतिसँग जेनजी टोलीको छलफल सुरु

      लोकप्रिय

      • १.
        आज अष्टमी, शक्तिपीठमा बलिसहित पूजाअर्चना गरिँदै

      • २.
        बडा दशैंका अवसरमा अध्यक्ष पौडेलद्वारा शुभकामना व्यक्त

      • ३.
        बडा दशैंका अवसरमा अध्यक्ष घिमिरेद्वारा शुभकामना व्यक्त 

      • ४.
        चितवनमा पहिलोपटक खेलकुद तथा व्यापारिक महोत्सव हुने

      • ५.
        पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र

      • ६.
        दसैँको मुख्य दिन आज, लगाइमाग्ने पूर्व र

      भर्खरै

      • १.
        अष्ट्रेलिया पठाइदिने भन्दै अपहरण तथा शरीर बन्धक अपराधमा दुई भारतीय नागरिक पक्राउ

      • २.
        लक्ष्मी पूजामा वागीश्वरीमा सामूहिक गौ पुजन गरिने

      • ३.
        एमालेको ११ औँ महाधिवेशन मंसिरमा पोखरामा हुने

      • ४.
        नारायणगढ-मुग्लिन सडकमा सात सवारी ठोक्किँदा २१ घाइते, सडक अवरुद्ध

      • ५.
        तिहार अर्थात् यम पञ्चक आजदेखि सुरु

      • ६.
        तिहार नजिकिएसंगै भरतपुरमा बढ्न थाले अव्यवस्थित फुटपाथ

      • ७.
        भाइटीकाको शुभ साइत बिहान ११ बजेर ३९ मिनेटमा

      • ८.
        सहकारी ठगी गरेर हिँड्नेलाई कुनै हालतमा छाड्न हुन्नः प्रधानमन्त्री कार्की

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.