माडीका तीनजना सञ्चारकर्मीहरूले प्रेस सेन्टर चितवनकाे संगठनबाट बाहिरिएकाे घाेषणा गरेका छन् ।
पत्रकार महासंघ चितवनले सक्रिय पत्रकारीता गरिरहेका सदस्यहरूकाे महासंघको सदस्यता खारेज गर्ने गरी गरेको बदनियतपूर्ण निणर्यले आहत बनाएको र आफ्नो संगठनका प्रतिबद्ध सदस्यप्रति कुनै जिम्मेवारीबोध नगर्ने संगठनमा बसिरहनुकाे औचित्य नभएकाे भन्दै सञ्चारकर्मीहरू श्रिजा थापा, दिप्ति विश्वकर्मा र प्रविण सुवेदिले राजिनामाकाे घाेषणा गरेका हुन् ।
नेपाल पत्रकार महासंघले शुरु गरेको सदस्यता सुद्दिकरण अभियान अन्तरगत सक्रिय पत्रकारिता गरिरहेका पत्रकारप्रति पूर्वाग्रही ढंगले सदस्यता खारेज गरिएकाे प्रति दु:ख ब्यक्त गर्दै महासंघकाे ध्यानाकर्षण समेत गराएका छन् ।
नेपाल पत्रकार महासंघले सदस्यता नवीकरण तथा नयाँ सदस्यता वितरण गर्दा शुद्धीकरणका लागि मापदण्ड बनाएर कार्यान्वयन गर्ने निर्णय गरेकाे थियाे ।
#PRD800322