चितवनकाे माडी पहिला केन्द्रीय राजनितीको ओझेलमा परेकाे थियो । पछिल्लो समय माडीले केन्द्रसँग सिधा सम्पर्क राख्दछ । यो खुसीको कुरा पनि हो । प्रजातन्त्र प्राप्ति पछि केन्द्रीय नेताले चुनाब जितेर गएपनि माडीलाई खासै चासो दिदैनथे । आज माडीमा केन्द्रिय स्तर बलियो बानिएकाहरू चुनाव लड्छन र जितेका छन् पनि ।
पछिल्लो समय माडीमा हुलाकी सडक र त्यस अन्तर्गत निर्माण भइरहेका पुलहरु दुरगामी महत्वका योजना हुन । सिंचाइमा पनि भुमीगत सिंचाइबाट माडीमा राम्रै काम भएको मान्न सकिन्छ। शिक्षामा पनि १०+२ (प्लस टु) मा विज्ञान विषय र प्राबिधिक शिक्षालय नमुना काम नै हुन ।
तर जति काम भएका छन तिनका तुलनामा सपना धेरै बाँडिएका छन । माडीलाई मणि बनाउने कुरा, आकाशे पुल र सुरुङ्ग मार्गका कुरा, सुकुम्बासीलाई लालपुर्जाका कुरा, माडी कृषि सडकका कुरा, रिउ करिडोरका कुरा माडीबासीलाई देखाइएका सपनाका प्रतिनिधि उदारण हुन । साथै अयोध्याधाम पनि अर्को सपना हो ।
यथार्थमा भन्दा कृषि र पर्यटनको बिकास बिना माडीको बिकास असम्भव जस्तै छ । तर माडीमा समन्वयात्मक राजनितिको अभाब, जसलिने होडबाजी, कुल्सित राजनितिक बिचारले जनपक्षिय काम हुन सकिरहेको देखिदैन र जनतालाई भ्रमित गरिएको छ। एक पक्षले अर्को पक्षलाई सिध्याउने । जनताकाे आँखामा छाराे हालेर गफ र भ्रमका आधारमा जस लिन खोज्ने प्रबृती पनि माडी बिकासको प्रमुख बाधक हो।
हाल माडी नगरपालिकाले भरतपुर महानगरपालिका संग कायम गरेको भगिनी सम्बन्ध सकरात्मक बिन्दु हुन सक्छ । यसले व्यवहारिक सफलता प्राप्त गरोस । केन्द्रमा जुन निकुञ्ज ऐन संसोधनको चर्चा छ यसमा सबै दलले सकरात्मक भुमिका खेलुन् । माडी बासीलाई देखाइएका सपना पूरा मात्र नगरी माडीबाट अन्यत्र स्थानान्तरण हुने क्रम तिब्र छ यसलाई रोकी मानव बस्ती बस्न लाएक बनोस् । शुभकामना ।
– प्रेम आचार्य