• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, असार १७, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

माडीका ४० जना दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

चितवनले सुन्दैछ अग्रजका गजल

उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

लोकप्रिय समाचार

  • १. देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५ हजारको बजेट पारित

  • २. माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

  • ३. भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

  • ४. माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

  • ५. उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

  • ६. चितवनले सुन्दैछ अग्रजका गजल

  • ७. कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

  • ८. बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

  • ९. माडीका ४० जना दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

भ्रमण र अनुभुतिः मोरङ्गसम्म


  •   सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
  • अघिल्लो बर्ष छोटु पुस्तक लेखेर सम्पादन गर्ने समयमा वरिष्ठ साहित्यकार अनिल पौडेलसँग उहाँकै घरको पुस्तकालयमा बसेर सरसल्लाह गर्दै थियौँ।

    Advertisement

    एकजना मेरालागि अपरिचित  मेरै उमेर समुहका लवाई र बाहिर हेर्दा सामान्य लाग्ने  ब्यक्ति त्यही ठाउँमा आईपुगे । अनिल दाजुको कोई आफन्त  होलान् भन्ने लागेको थियो।  बसेर कुरा गरेपछि थाहा भयो उनि पनि एउटा किताब लेखनका बारेमा सल्लाह गर्न आएक रहेछन् । मिठो बोली,सालिन र भद्र  स्वभावका रहेछन्।

    एकछिनको बसाईमा मेरो किताबको बारेमा चासो राखेकोले छोटकरीमा बताएँ ।मेरो कितावको काहानी सुनेर उनि भावुक पनि  भए । छोटो चिनारीमा कुरा  सुन्दा र अनिल दाजुले उहांको बारेमा भन्दा पहिला सामान्य परिवारका मान्छे कुनैबेला  भारतमा कामदारको रुपमा समेत काम गरेका अहिले तराईमा विगौँ जमिनमा एकिकृत कृषि परियोजना सञ्चालन, पर्यटन र  निर्माण क्षेत्रमा  धेरै नेपालीलाई रोजगारी  दिएका रहेछन् । आर्थिकरुपमा सम्पन्न भएका रहेछन् ।

    उनको नाम रहेछ विजय पौडेल  ।  हामी दुवै पौडेल वंशका भएकाले पनि होला त्यस पछिका दिनमा पनि हाम्रो सम्बन्ध गहिरिँदै गयो ।
    ऊनै विजय पौडेल र विनुता पौडेलले मोरङको सुन्दरहरैचा  दुलारीमा सप्ताहाब्यापि भागवत चर्चा र सामाजिक क्षेत्रमा योगदान पुराएका ब्यक्तित्वहरुलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम राखेका रहेछन् । मलाई पनि निम्ता आयो । एउटै समयमा त्यहि ठाउँमा पौडेल बन्धुहरुको केन्द्रिय समितिको बैठक पनि थियो ।

    मेरा अरु आफन्तहरुसँग स्नेही मिलनका लागि पनि जानु पर्नेमथियो । सबै कार्यक्रम मिलाएर कार्तिक ६ गते विहानै मेरी श्रीमति मिना र म चितवनको भरतपुरबाट हिँड्यौ।  महेन्द्रराजमार्ग अन्तरगत धनुषाको ढल्केवरसम्म पुग्दा १ बजेको थियो । सजिल्लै मोरङ्ग पुगिहालिन्छ नि भनेर आफै ड्राइभर भएकोले गाडी अगाडी बढाएँ ।
    कमला नदिको पुल तरेपछि बाटो मर्मत हुँदै  रहेछ ।कोशी नदी नतरेसम्म बाटो पुरै धुलाम्मै र उबडखाबड  रहेछ । हिउँदमा मकै लगाउन ट्रेक्टर लगाए जस्तै अवस्था पो रहेछ बाटोको । हामी दुदैजना ढाडका विरामी के चाहियो र ! गाडी थरथराएको छ, एैया एैया गर्दै रातीको झण्डै ७ बजे बल्ल इटहरीसम्म पुगियो ।

    त्यहाँबाट  करिव २ किमी नजिक रहेको दुलारीसम्म पनि जानसक्ने हिम्मत भएन थकाइले गर्दा। त्यो दिन इटहरी मै कृष्ण प्रणामी मन्दीरमा बास बसियो । भोली पल्ट मात्रै कार्यक्रम स्थल दुलारी पुगियो ।

    सप्ताहा ब्यापि कार्यक्रममा दुई दिनसम्म हाम्रो पनि सहभागिता भयो ।त्यहाँ भएका कार्यक्रमहरु हामीले आफैले देखियो र अनुभव पनि गरिेंयो।  त्यहाँ  धर्मलाई कर्मसंग जोडेर समाज सुधारका विभिन्न कार्यक्रमहरु राखिएका रहेछन् । ‘धर्मकोसाथ कर्म ’ भन्ने नारालाई सार्थकता दिएको रहेछ । धर्मका बारेमा बृहत् शब्दकोशले “धर्म भनेको कुनै जाति वर्ग,पद आदिका निर्धारित कार्य वा व्यवहार,लोकहित वा व्यवस्थाका लागि अंगालिने कर्म वा कर्तव्य भनिएको रहेछ ।

    धर्मलाई कसरी बुझ्ने र कस्तो कर्म गर्दा मानव जीवन र सिंगो समाजलाई कल्याण हुन्छ भन्ने ठुलो कुरा हो ।
    पहिलो दिनमा १०४ बर्ष सम्म पुगेका ज्येष्ठ नागरिकहरुको योगदान र भुमिकाको उच्च मुल्याङ्कन गर्दै २१ जना जना ज्येष्ठ नागरिकहरुलाई सम्मान गर्ने कार्यक्रम रहेछ । सम्मानित हुनेमा मुशहर,धिमाल,माझि,झांझर र चौधरीहरु समेत समाबेश रहेका थिए ।

    यस कार्यक्रमले आउने पुस्तालाई आमाबाबुलाई माया र सम्मान दिनुपछर्, भन्ने सन्देश दिएको त्यहाँ उपस्थित सबैले महशुस गरे । दोश्रो दिन गुणस्तरिय शिक्षा दिने विद्यालय र असल कार्य गर्ने टोल विकासका पदाधिकारीहरुलाई सम्मान र पुरस्कार वितरण कार्यक्रम राखिएको थियो । यसले अन्य विद्यालय र टोल विकास संस्थाहरुलाई समेत उर्जा दियो होला  ।

    त्यसै गरि तेश्रो दिन आधुनिक कृषिखेती गरिरहेका कृषहरुलाई कृषि उपकरणहरु र सम्मान पत्र प्रदान गरिएको थियो । चौथो दिन गुरुकुलमा रहेर हाम्रो संस्कृती र परंपरालाई कायम राखेका अध्ययनरत विद्यार्थीहरुलाई पुरस्कार तथा सम्मान पत्र वितरण गर्ने कार्यक्रम थियो । पाँचौ दिन समाजमा सासु र बुहारी विचको सम्बन्धलाई अझ सुमुधुर बनाई समाजमा राम्रो परँपराको विकास गर्ने उद्धेश्यले समाजका उत्कृष्ट ४ जना  असल सासु बुहारी तथा र २ जना लोक गाएकलाई सम्मान तथा पुरस्कार वितरण कार्यक्रम राखिएको पाइयो । छैटौं दिनमा स्थानीय रुपमा रहेका विभिन्न धार्मिक संस्थाहरुमध्ये समाजलाई योगदान पुर्याएका ३ वटा धार्मिक संस्थाहरुलाई पुरस्कार तथा सम्मान गर्ने कार्यक्रम थियो ।  अन्तिम ७ औं दिनमा विजय पौडेल परिवारमा अग्रज ज्यो. गंगासागर पौडेलका ३१ जना जनातीहरुलाई कुलको रक्षा र समाजमा  असल कार्य गर्न पे्ररित गर्ने उद्धेश्यले सम्मान तथा पुरस्कार प्रदान गर्ने कार्यक्रम भएको थियो ।

    यसरी ७ दिनसम्म पंचेबाजा देखि समाजका विभिन्न क्षेत्रलाई समेट्ने गरि सम्मान र पुरस्कार वितरण कार्यक्रम गरिएको थियो । यस प्रकारको कार्यक्रम सायद अन्यत्र भएको थियो वा थिएन थाहा भएन ।
    दोश्रो दिनको सम्मान तथा पुरस्कार वितरण कार्यक्रमा प्रमुख अतिथी थिए  काभ्रे पात्लेखेतका नारायण प्रसाद हुमागाईं ।उद्घोषक बरिष्ठ साहित्यकार अनिल पौडेलले मजदुरको रुपमा भारत गएका ब्यक्ति अहिले  हजाराँै व्यक्तिलाइ रोजगारी दिन सफल नेपाली उद्यमी भनेर सम्बोधन गरेका थिए ।  मलाई विशिष्ठ अतिथीको रुपमा बोलाइएको थियो । हामी दुबैजना विजयजीका अतिथी थियाँै । मञ्चमा हामीसंँगै भयाँै । मञ्चमा धेरै बोल्ने कुरा भएन । उहाँसँग छोटो परिचय गरेँ ।बाल्यकाल मेरो जस्तै मिल्ने पो रहेछ ।म पनि बाल्यकालमा भारतमा मजदुरी गर्न थिँए ।

    मलाई झन चासो भयो । तर अहिले उनि संघर्ष र मेहनतबाट  ठुलो सफलता प्राप्त गरेका रहेछन् । म त उनको कुरा सुनेर चकित परँे ।उनका  कुरा सुने पछि मैले उनको बारेमा थप जिग्यासा राख्दा उनले ‘मेरा बारेमा केहि समय अधि अललाइन पत्रिकामा प्रकाशित समाचार छ पढ्नु होला’ भनेर मलाई लिँक पढाई दिए ।

    अनलाइन खबरमा प्रकाशित लेख पढेर म झन चकित मात्र होइन अचँम्मित भएँ । एउटा सामान्य मजदुरी गर्न गएको मान्छेले चमत्कारिक   प्रगति गरेको देखेर आश्चर्यमा पनि परेँ ।  भारतमा नेपालीको पहचिान दरवान र कुल्ली मात्र होइन अर्व पति पनि नेपाली छन् भन्ने इतिहास रचेको कुरा पढ्न पाएँ । नारायण प्रसाद हुमागाईका बारेमा अनलाइनमा प्रकाशित समाचारको एउटा अँश यस प्रकार रहेछ “एकजना साथीसँग मिलेर शुरू गरेको कम्पनी ‘वाउ मोमोको मूल्यांकन अहिले ३० अर्ब भारु अर्थात् ४८ अर्ब नेपाली रुपैयाँ पुगेको छ । उनको यो अथम संघर्ष र सत्कर्मले भारतमा नेपालीहरूको परम्परागत पहिचान नै बदल्दै लगेको छ । अहिले कम्पनीले ६ हजारभन्दा बढीलाई प्रत्यक्ष रोजगारी दिइरहेको छ ।” अहिले यि परियोजनाहरु संचालन सबै नारायणजिका छोरा विनोद हुमागाईले गर्दा रहेछन् ।

    यसरी दुई दिनको बसाई पछि वाँकी कार्यक्रमको जानकारी लिएर हामी फर्कने निधो गरियो । फर्कने बेलामा महेन्द्रराजमार्ग भन्दा मदनभण्डारी राजमार्ग सजिलो भन्ने जानकारी पाए पछि हामी इटहरीबाट मदन भण्डारी राजमार्ग अन्तरगत चतरा हँुदै सिन्धुलि र हेटौडा निस्कने गरि विहानै इटहरीबाट हिडियो ।

    “मदन भण्डारी राजमार्ग निर्माणाधीन राष्ट्रिय राजमार्ग परियोजना हो। यो राजमार्ग नेपालको पूर्वी सीमा (मेची नदी) देखि दुन उपत्यका तथा भित्री मधेश छिचोल्दै पश्चिमी सिमा (महाकाली नदी) सम्म करिव १२ सय किलोमीटर लामो हुनेछ। राजमार्ग झापा बाहुण्डाँगीबाट सुरू भै शान्तिनगर, चुलाचुली, धरान, चतरा, बेल्टार, गाईघाट, सिन्धुली, हेटौँडा, गैडाकोट, रामपुर, राम्दी, रिडी, तम्घास सिमलटारी, प्युठानको मच्छी, घोराही, तुलसीपुर, बोटेचौर, सुर्खेत, बडिचौर, सिमचौर, बीपीनगर, सहजपुर, जोगबुडा हुँदै रुपालसम्म पुग्ने छ। यो राजमार्ग २०७५ जेठ ६ गते नेपाल सरकारले स्वीकृत गरेको थियो।” भनेर यो राजमार्गको वेभसाइडमा राखिएको रहेछ ।
    चतराबाट अगाडि कोशी नदिको पुल तरेपछि उदयपुर जिल्लाका फाँटहरुको रमणिय बाटो पाक्न लागेको सुनौला रंगमा धान झुलेको देखेर मुखबाट अनायास निस्कन्छ आहा ! कति राम्रो धान खेत साच्चै हेरी रँहु जस्तो लाग्ने प्राकृतिक मनोरम दृश्य ।यो बाटो तराई र पहाडको संगम पर्दो रहेछ ।

    दाँयपट्टि होचा होचा पहाड हरियो जंगल कतै कतै बांसघारी समेत भएको रहेछ ।टिनको छाना कतै टायलका छाना भएका दुई पाखे घरहरु मलाई मेरै पहाडको याद आयो।  वायाँपट्टि सुनौलो धान झुलेको समथर फाँट सारै रमाईलो बाटो रहेछ । अगाडि बढ्दै जाँदा गाइघाटबाट दिक्तेल जाने बाटो रहेछ । त्यस्तै कटारीबाट भिमान जाने बाटो र दक्षिण मिर्चैया र उत्तर घुर्मि जाने बाटो रहेछ । हामी भिमानको बाटोतिर लायाँै । महेन्द्रराजमार्ग र मदनभण्डारी राजमार्ग चतरा देखि नै करिव ३० किमिको दुरीमा समानान्तर जस्तै भएर भिमानसम्म आउँदो रहेछ । भिमानबाट सिन्धुलीसम्म विपि राजमार्गमा जोडिँदो रहेछ ।

    त्यहाबाट एउटा बाटो धुलिखेल तिर लाग्दो रहेछ । अर्को बाटो मदनभण्डारी राजमार्ग  रहेछ ।सिन्धुलीबाट करिव १२० किमी हेटौडा पर्दो रहेछ ।सिन्धुलीबाट मरिन खोला हुदै बागमतिको पुल तरेर  मकवानपुरको झनझने, साततले,  हात्तिसुंढे छतिवन हुँदै हेटौडा पुगियो ।  यो बाटो भरखर निर्माण हुँदै गरेको र पब्लिक  सवारी साधानहरुलाई रोड परमिट नदिई सकेकोले होला बाटोमा खासै गाडीको चाप पनि थिएन । भरखर पिच भएको बाटो भएकोले सानो गाडीमा हिड्नको लागि आनन्द लाग्ने रहेछ ।  तर बाटो धेरैजसो  नागवली भएकोले गाडीको चाप हुँदा सर्तक रहेर चलाउनुपर्ने हुन्छ ।
    यसरी केहि समय अगाडी परिचय भएका विजय पौडेल र विजय कै कारणले परिचय भएका नारायण हुमागाई दुबैजनाले अरुको आरिस वा इष्र्या गरेर होइन इमान्दारिका साथ मेहनत र संघर्ष गरेर सफलता प्राप्त गरेका होनाहार संर्घषशिल नेपाली  रहेछन् ।

    सबै जना विजय र नारायण जस्तै हुन सक्दैनन् होला । तर यिनिहरु सफलताको पाठशाला अवश्य हुन सक्दछन् । समाजका विभिन्न क्षेत्रमा सबै व्यक्तिले एउटै प्रकृतिको सफलता प्राप्त गर्न सक्दैनन् । समाजसेवामा सबै मदरटेरेसा हुन् सक्दैनन् । राजनीतिमा सबै महात्मा गान्धी हुन् सक्दैनन् । सबै नेता मनमोहन र किसुनजी जस्ता सादगी र इमान्दार हुन् सक्दैनन् । सबै नेता विपी र मदन भण्डारी जस्ता विचारक हुन् सक्दैनन् । सबै  चिकित्सक सन्दूक रोइत र भगवान कोइराला हुन् सक्दैनन्।सँगै नियुक्ति भएकाहरू चाहे निजामति होस वा सैनिक ,प्रहरी वा सबै  माथिल्लो पदमा पुग्न सक्दैनन्।  साहित्यमा सबै महाकवि हुन सक्दैनन ।  सबै राष्ट्रकवि बन्न सक्दैनन् । सबैले मदन पुरस्कार पाउँदैनन् ।सबै गायक नारायण गोपाल र भक्तराज हुन सक्दैनन् ।  उद्योगपतिमा सबै  रतन टाटा  हुँदैनन्  ।

    यस प्रकारका अगुवाहरुलाई मार्ग दर्शनको रुपमा लिने हो ।   सफलता प्राप्त गर्नेहरुले कति संघर्ष, मेहनत, योगदान गररे त्यहाँ पुगे  होलान् । सफलता प्राप्त गर्ने कसरी पुग्यो  भन्दा पनि किन पुग्यो भनेर  आरिस गर्ने गरेको पनि सुनिन्छ ।असल कार्य गर्नेहरुलाई हौसला र उत्पे्ररण दिनुको साटो खुट्टा तान्ने प्रवृत्ति छ हाम्रो समाजमा  । ‘कति जल्छौ आरिसले अँझै जल्दै गर ।म त हिंडछु मेरै बाटो खुट्टा तान्दै गर’ । बुद्धवीर लामाको रचनामा कुन्ती मोक्तानले गाएको यो गीत नेपाली समाजको एउटा चरित्रलाई राम्ररी झापड दिएको छ।

    मैले कतै पढेको थिए विलगेट्सले भनेका थिए ‘ उसलाई नफरत नगर्नु जसले तिमिलाई आरिस गर्दछ,किनकि उसले तिमि उ भन्दा राम्रो भनेर स्विकार गरेको हो ।’ त्यसैले नकारात्मकतालाई पनि सकारात्कम भएर हेर्न सकिन्छ ।असल कार्य गर्ने सबैलाई उत्प्रेरणा र हौसला दिनु पर्दछ । हामी असल बन्ने कोशिस गर्नु पर्दछ ।  पूर्वप्रधानमन्त्री मनमोहन अधिकारीको भनाइ थियो, “मलाई एक असल मान्छे भनेर सम्झिदिए पुग्छ ।’ आज असल हैन, ठुलो मान्छे बन्ने प्रतिस्पर्धा छ । बीपी कोइराला भनाई पनि मननयोग्य छ ‘ ठुलो हैन, असल मान्छे बन्नु पर्दछ ”

    कन्फुसियसको एक चर्चित भनाइ छ, “ती व्यवहार अरु मानिसमाथि कहिल्यै नगर्नु, जो अरुले आफूमाथि नगरोस् भन्ने चाहनु हुन्छ, भाग्यको ढोकामा मुड्की बजार्नु भन्दा राम्रो हो कर्मको तुफान पैदा गर,भाग्यको ढोका आफै खुल्छ” । छोटो चिनारीमा मैले अनुभव गरेको विजय र नारायणले ठुलो मान्छे र असल मान्छे बन्न धेरै मेहनत,संघर्ष र असल कर्म गरेकोले होला अहिले समाजमा सफल उद्योगी र सामाजिक ब्यक्तित्व भएका छन्  ।यो भ्रमणबाट मैले भेटेर अनुभुत गरेका व्यक्तिले गरेका  सफलताबाट केहि  सिक्ने कि  प्रगती गर्नेको आरिश गर्ने? मनन् गरौँ ।

    लेखक : सजीव पौडेल
    भरतपुर, चितवन

      सोमबार, कार्तिक २६, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      माडीका ४० जना दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान
      चितवनले सुन्दैछ अग्रजका गजल
      उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव
      बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना
      कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण
      माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

      लोकप्रिय

      • १.
        देवघाट गाउँपालिकामा ४७ करोड ७३ लाख ७५

      • २.
        पाेल्याण्डकाे वार्सामा भलिबल र चेस खेल सम्पन्न

      • ३.
        सेवा र विकासका लागि युवाद्वारा सन्धिखर्कमा शैक्षिक

      • ४.
        करारका कर्मचारीलाई सञ्चय कोष र महङ्गी भत्ता

      • ५.
        मनकामना अस्पतालको प्राविधिक सहयोगमा मनोसामाजिक परामर्श तथा

      • ६.
        चितवनमा बस र माइक्रो ठोक्किँदा सात जनाको

      भर्खरै

      • १.
        माडीका ४० जना दलित विद्यार्थीहरूलाई कम्प्युटर तालिम प्रदान

      • २.
        चितवनले सुन्दैछ अग्रजका गजल

      • ३.
        उत्साहपूर्ण उपलब्धि : एक्सपर्ट सम्पूर्ण किताब उत्सव

      • ४.
        बन्दिपुरकाे आधारभुत विद्यालय, खहरेमा एक लाखकाे अक्षयकाेष स्थापना

      • ५.
        कालिका नगरपालिकामा विपन्न बर्गका नागरिकलाई निशुल्क मिटर वितरण

      • ६.
        माडीमा विभिन्न भत्ता बापत १ कराेड भन्दा बढि बजेट विनियोजन

      • ७.
        भ्रष्टाचार विरुद्धको नागरिक निगरानी संस्थाको अध्यक्षमा बेल बहादुर गुरुङ

      • ८.
        माडीका विशेष मुद्धाहरु सम्बाेधन नभए रास्वपा मध्यवर्ती निर्वाचनमा सहभागी नहुने

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      ठेगाना

      स्टुडियाे नं. १: माडी-५, ब्रह्मपुरी, चितवन
      स्टुडियाे नं. २: माडी-३, बसन्तपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      परियाेजना संयाेजक: माेहन पाेख्रेल
      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले
      प्रेम पाैडेल उज्ज्वल (सम्पादक)

      पाेल्याण्ड ब्युराे: शिव कुमार अधिकारी

      सामाजिक सञ्जालमा हामी

      • Youtube
      • Facebook
      • Pardarshi TV
      • Tiktok
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.