• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

चितवनमा दोस्रो कचेहेरी उत्सव हुँदै


  •   शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
  • गत वर्षदेखि शुरु भएको चित्तौन कचेहेरी-विचारहरुको उत्सव’को दोसो संस्करण फेरि शुरु हुँदैछ ।

    Advertisement

    सो कार्यक्रम यही मंसिर २८ र २९ गते नारायणगढस्थित नारायणी कला मन्दिरमा संचालन हुनेछ । उत्सवमा नेपाल, भारत र पाकिस्तानका गरी ५० हाराहारी वक्ताहरु उपस्थित हुनेछन् । उत्सवमा पाकिस्तानी लेखक, वैज्ञानिक, अभियन्ता तथा बौद्धिक अगुवाद्वारा परवेज हुडबोयले विद्वत प्रवचन दिनेछन् ।

    यसपटक कार्यक्रमको आयोजना चितवनमा सक्रिय युवाहरुको संस्था बेटर चितवनले गर्दैछ भने डबली द स्पेस, मन्धन चितवन, नारायणी कला मन्दिर र न्यु लाइफ मिसनले सह-आयोजना गर्दैछन्।
    बेटर चितवनका संस्थापक सागर कार्की यो उत्सवको संयोजक हुनुहुन्छ । भने लेखक सरिता तिवारी उत्सव निर्देशक र जीवन क्षेत्री सह निर्देशक हुनुहुन्छ।

    २०८० सालमा भएको उत्सवको पहिलो संस्करणमा चितवनको बस्ती विकास तथा देशभरको विकासमा किनारा लगाइएका आदिवासीहरुका मुद्दा प्रमुख रुपमा उठाइएको थियो ।
    यस पटक दक्षिण एसियाको राजनीतिमा देखा परेको साम्प्रदायिक उभार, पृणा, ध्रुवीकरण र हिंसामाथि मुल रुपमा चर्चा हुनेछ। यो विषयले डा. हुडबोयको विद्वत प्रवचनमा ठाउँ पाउनेछ।

    त्यसै गरी पाकिस्तानलाई पाँच दशकदेखि नियालिरहेका डा. हुडबोय तथा भारतमा दशकौंदेखि निरन्तर घृणाको राजनीतिविरुद्ध कलम र अभियान चलाउँदै आइरहेका लेखक हर्ष मन्दरसहितको प्यानलमा यसै विश्वकेन्द्रित छलफल हुनेछ ।

    छिमेकी देशहरुका अनुभवबाट नेपालले के सिक्न सक्छ । र उताका गल्ती कसरी नदोहोर्याउन सकिन्छ । भन्नेबारेमा यथेष्ट संबाद होस् भनेर उत्सवको अघिल्लो दिन दुवै विदेशी वक्ताहरुसित काठमाडौँमा विभिन्न राजनीतिक दलका नेता र बुद्धिजीवीहरुको विशेष अन्तक्रियात्मक कार्यक्रम समेत यसपटकको चित्तौन कचेहेरीको हिस्सा छ ।

    यसै गरी देशको प्राज्ञ र बौद्धिक वर्गसित पनि छिमेकी देशहरुको अनुभव साट्नका लागि त्रिवि समाजशास्र केन्द्रिय विभागको समन्वयमा कीर्तिपुरमा त्यस्तै कार्यक्रम आयोजना हुँदैछ। त्यसै गरी विज्ञान शिक्षाले कसरी विद्यार्थीलाई असल नागरिक बनाउन सक्छ र बनाउनुपर्छ भन्नेबारेमा डा. हुडबोयका लेक्चरहरु पनि काठमाडौं र चितवनका आधा दर्जन स्कुल र कलेजहरुमा आयोजना हुँदैछन् ।
    यस अघि नै भरतपुरको सप्तगण्डकी क्याम्पसमा जलवायु र पर्यावरणका मुद्दा समेटेर कचेहेरीको तयारीस्वरुपको एउटा कार्यक्रम भइसकेको छ।

    प्रस्तावित उच्च शिक्षा विधेयक लगायत समग्रमा नेपालको उच्च शिक्षालाई थला पारिरहेका तत्वहरू र तिनबाट बाहिर आउने उपायबारे गहन शोधपछि प्राध्यापक चैतन्य मिश्रले तयार गर्नुभएको प्रस्तुति पनि उत्सवको यो संस्करणको मुख्य हिस्सा हुने उत्सव संयोजक सागर कार्कीले जानकारी दिनुभयो ।

    जुन सुन्न दर्शक दीर्घामा मुख्य राजनीतिक दलका नेताहरु रहने कार्यक्रम छ। यसबाहेक आजको नेपाली युवापुस्ताले वर्तमानलाई कसरी हेर्दैछ र भविष्यबारे के योजना बनाउँदैछ भन्ने समेटेको युवाहरुको सत्र पनि सामेल छ ।

    बालबालिकाहरुका मुद्दा उठाउन बालबालिकाहरु नै सहभागी रहने एउटा सत्र छ । पहिलो संस्करणदेखि नै यो उत्सवले प्राथमिकता दिने गरेको पर्यावरण र जलवायु मुद्दामा यसपटक दुई सत्र रहनेछन् ।

      शुक्रबार, मङि्सर २१, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.