• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

व्यवसायमा समस्या र चुनौती


  •   शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
  • चितवनको व्यवसायिक क्षेत्रमा प्रवीण गौतम चिरपरिचित नाम हो । वि.स. २०५२ सालमा चितवनको माडीमा जन्मनुभएका उहाँ सानै उमेरदेखि जिज्ञासु र लगनशील हुनुहुन्थ्यो ।

    Advertisement

    उहाँले वि.स. २०७२ सालदेखि अटो मोबाइल्स सम्बन्धि कारोबारका क्षेत्रमा बिशिष्ट योगदानदिदै निकै लामो समयको अनुभवबाट वि.स. २०७४ साल साउन ६ गतेबाट गौतमले आफ्नै व्यवसाय संचालन गर्नुभएको हो ।  गौतमले मास्टर्ससम्मको अध्ययन गर्नुभएको छ ।

    बिदेश जाने इच्छा गौतममा पनि नभएको भने होइन । तर स्वदेशमा नै केही गर्नुपर्छ भन्ने उदेश्य लिएर उहाँले व्यवसाय संचालन गर्नुभयो । उहाँले हालसालै भरतपुर १० स्थित हाकिम चोकमा होटल (सिएम टी) आडमा महालक्ष्मी मोटर्स संचालन गर्नुभएको छ । उहाँ टिभिएस कम्पनीको तीन पाङ्ग्रे टेम्पोको आधिकारिक बिक्रेता समेत हुनुहुन्छ । यसै सन्दर्भमा हाम्रा पारदर्शीकर्मी अजित अधिकारीले महालक्ष्मी मोटर्सका संचालक प्रवीण गौतमसंग गर्नुभएको संक्षिप्त कुराकानी

    यहाँलाई हार्दिक स्वागत छ, पारदर्शी अनलाइन डटकममा ?

    धन्यवाद अजित जि !

    आराम हुनुहुन्छ ?

    आराम छु ।

    केमा व्यस्त हुनुहुन्छ ?

    आजकल आफ्नै व्यवसाय छ । दिनभरी यसैमा व्यस्त हुन्छु ।

    खासगरी व्यवसाय संचालन गर्ने सोच यहाँमा कसरी आयो प्रवीण जि प्रष्ट पारिदिनुस् न ?

    अजित जि ! यहाँले सोधिहाल्नुभयो । म सुरुबाट नै यो व्यवसायमा आबद्द थिए । वि.स. २०७२ सालदेखि यो फिल्डमा प्रवेश गरेको म आजसम्म निरन्तर लागिरहेको छु । २/३ बर्षको अनुभवसंगै बिदेश जानुभन्दा बरु नेपालमा नै केही गर्नुपर्छ भन्ने सोचले बिदेश जान मन लागेन । बिदेशमा गर्ने लगानीले आफ्नै देशमा गर्न सकिन्छ भन्ने अठोटले व्यवसाय संचालन गरेको हुँ । अर्को कुरा यो फिल्डमा आउँदा धेरै जना व्यवसायीसंग भेटघाट र चिनजान भयो । त्यसले गर्दापनि व्यापार गर्न ममा झनै ठुलो उप्साह जाग्यो ।

    व्यवसाय गर्न अहिलेको समयमा कत्तिको चुनौती छ ?

    अजित जि ! अहिलेको सञ्चार र बिज्ञानको युगमा नयाँ टेक्नोलोजीको आबिस्कार भएसंगै व्यापार व्यवसायमापनि थप चुनौती देखिएको छ । ग्राहकको चाहना अनुरुपका सामाग्री र रुचिकर विषयमा ध्यान दिनुपर्छ । एक त अहिले अति नै महँगो जमाना छ । कोरोना कहरपछि व्यवसाय धान्न नै मुस्किल बनिरहेको छ । तापनि जसोतसो व्यवसाय धानिरहेका छौं । असाध्यै जोखिम लिएर बैंकको चर्को व्याज र लोन लिएर व्यवसाय संचालन गर्नु अझ त्यति सहज चाहिँ छैन ।

    चितवनमा अटो रेक्साहरुको डिमाण्ड कस्तो छ ?

    चितवनमा संतोषजनक नै मान्नुपर्छ अजित जि ! अटोरेक्साको डिमाण्ड मैले अघि नै भनिसकें यहाँलाई आर्थिक मन्दीका कारण थोरै खस्किएको चाहिँ यथार्थ हो ।

    व्यवसाय गर्दै गर्दा यहाँले कस्तो पाठ सिक्नुभयो ?

    अजित जि व्यवसाय गर्दैगर्दा मैले धेरै कुराको अनुभव लिए । एक त व्यवसाय गर्दा हामी धेरै आत्तिन्छौ । हामीमा धैर्य गर्न सक्ने क्षमता छैन । फेरि आत्तिनु स्वभाविकपनि हो । किनभने, मोटो रकमको लगानी गरेका हुन्छौं हामीले अनि व्यापार के कस्तो होला भन्ने चिन्ताले सताउछ । तर मेरो बुझाइमा व्यापार बढाउनका लागि हामीले हाम्रा ग्राहकलाई सम्मान गर्न सिक्नुपर्छ । व्यापार सम्बन्धि ज्ञान लिनुपर्दोरहेछ अर्को शिक्षा र गोपनियतामापनि ध्यान दिनुपर्दो रहेछ भन्ने कुराको मलाई अनुभव भयो ।

    राज्यले के गर्नुपर्ला युवाहरुका लागि ?

    राज्यले युवाहरुका लागि विशेष कुराहरूमा जोड दिनुपर्छ । उचित किसिमको शिक्षासंगै युवालाई रोजगारी तर्फ उन्मुख गर्नुपर्छ । व्यवसायिक शिक्षा, घरेलु शिक्षा र कृषि शिक्षामा समेत राज्यले तत्काल जोड दिनुपर्छ । स्वदेशमा संचालित स्रोत र साधनको परिचालन र सदुपयोग, बजारीकरणको व्यवस्था, बजार मुल्यमा एकरुपता, टेक्नोलोजीको आबिस्कार र बिकास, कच्चापदार्थको प्रयोग र उत्पादन, व्यवसायिक तालिम, सहुलियतपूर्ण ऋणको व्यवस्था, जोखिम विमा, व्यवसायिका हकहित र अधिकारको सुनिश्चितता आदि कुरामा तत्काल राज्यले जोड दिनुपर्छ भन्ने लाग्छ ।

    तपाईं आफ्नो व्यवसायमा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

    म एकदम सन्तुष्ट छु । किनभने, म हतारमा यो क्षेत्रमा आएको होइन । धेरै लामो समयको अनुभव आदि कुराले म यसमा जोडिएको हुँ । फरक यत्ति हो । व्यवसायमा मेवाको बोट जस्तो बन्ने या सालको रुख जस्तो बन्ने त्यो आफूमा भर पर्छ अजित जि ! तर मलाई मेरो व्यवसायप्रति गर्व लाग्छ । धैर्यता नै मेरा लागि सफलताको केन्द्रबिन्दु हो ।

    हालसम्म कति जनालाई रोजगारी दिनुभएको छ ?

    हालसम्म मैले धेरैलाई रोजगारी दिएको छु । अझ भन्नुपर्दा एघार जनालाई रोजगारी दिएको छु ।

    अन्त्यमा यहाँलाई केही भन्नु छ ?

    अजित जि ! सर्वप्रथम त यहाँलाई धन्यवाद दिन चाहन्छु ! यहाँको लोकप्रिय मिडिया पारदर्शीमा मलाई स्थान दिनुभएकोमा म यहाँप्रति अत्यन्तै खुशी छु । धेरै कुराहरु अघि नै भनिसकें तापनि अन्तिममा केही कुराहरू राख्छु । जस्तोकि हामीकहाँ अरुको मुख ताक्ने प्रवृत्ति छ । यसको अन्त्य गर्दै आफ्नै खुट्टामा उभिने वातावरणको सिर्जना गर्नुपर्छ । हाम्रो देश सम्भावना नै सम्भावनाले भरिपूर्ण देश हो । यसको सदुपयोग गर्दै म जस्ता लाखौं युवाहरुलाई रोजगारी दिलाउन राज्यले तत्काल जोड दियोस् । साथसाथै हामी जस्ता आम युवा व्यवसायीका लागि विभिन्न नीतिगत योजनाहरु अगाडि ल्यायोस् यही नै भन्न चाहन्छु ।

    हस् महत्त्वपूर्ण समय र कुराकानीका लागि यहाँलाई धेरैधेरै धन्यवाद छ ?

    अजित जि ! यहाँलाईपनि धन्यवाद ! मलाई बिचार राख्ने अबसर दिनुभएकोमा मपनि यहाँप्रति निकै आभारी छु ।

      शनिबार, माघ ०५, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.