• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

पं. हरिप्रसाद पाण्डेयको धार्मिक यात्रा


  •   आइतबार, माघ १३, २०८१ मा प्रकाशित
  • चितवनमा हरिप्रसाद पाण्डेय चिरपरिचित नाम हो । वि.स. २०२० सालमा बागलुङमा जन्मनुभएका उहाँ आफ्ना बाबुआमाको सानैमा स्वर्गारोहण भएपछि एक्लो हुँदै आउनुभयो ।

    Advertisement

    त्यसै बखतबाट नै उहाँ धार्मिक क्षेत्रमा आबद्ध हुनुभयो । विभिन्न सामाजिक क्षेत्रसंगै पण्डित कर्ममा आफूलाई समाहित गर्नुभयो । परिवारमा घरमुली बाबाआमाको देहान्त भएपछि घरव्यवहार सानै उमेरदेखि पाण्डेयले सम्हाल्नुपर्यो ।

    उमेरले अहिले ६० बर्ष पुग्नुभएका पाण्डेय उहीँ पहिलेको जस्तै जोश र जागर अहिलेपनि देखिन्छ । उहाँले आचार्य सम्मको अध्ययन गर्नुभएको छ । यसै सन्दर्भमा रहेर हाम्रा पारदर्शीकर्मी अजित अधिकारीले भरतपुर ९ शरदपुर निवासी पण्डित हरिप्रसाद पाण्डेयसंग गर्नुभएको संक्षिप्त कुराकानी

    यहाँलाई हार्दिक स्वागत छ, पारदर्शी अनलाइनमा ?

    धन्यवाद अजित जि !

    आराम हुनुहुन्छ ?

    आराम छु ।

    आजभोलि के काममा व्यस्त हुनुहुन्छ ?

    अजित जि ! आफ्नो नित्यकर्म धार्मिक पुजाआजा र विभिन्न सामाजिक संघसंस्थामा आबद्ध रहेको हुँदा प्राय व्यस्त नै छु ।

    धार्मिक क्षेत्रमा कसरी जोडिनुभयो ?

    अजित जि ! मेरा बुवाआमा बेलैमा स्वर्गारोहण हुनुभयो । बुवाआमा नभएपछि म एक्लो भए । भाइहरु भएपनि जेठोबाठो छोरा भएकाले जिम्मेवारी मलाई नै थपिदै गयो । फेरि मेरो बुवाआमा पनि धार्मिक हुनुहुन्थ्यो । सायद यसकोपनि धेरथोर मलाई प्रभाव परेको थियो । गाउँका भद्रभलादमी सबैले मलाई माया गर्नुहुन्थ्यो । देवघाट, भारतको बनारस सबैतिर गएर पढ्न थालेपछि झन सबैले मलाई पुजाआजा कर्मकाण्डमा बोलाउन थाल्नुभयो । बिस्तारै म यसै कर्ममा नै रमाउन थाले अजित जि ! अहिलेपनि निरन्तर यही कर्ममा छु ।

    धार्मिक बिधामा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

    अजित जि ! म एकदम सन्तुष्ट छु । यो धार्मिक बिधामा किनभने, यो मेरो आफ्नै रुचिको पेशा हो । आफ्नो भित्री मनबाट नै चाहेर लागेको पेशा हरचिज सबैलाई मन पर्छ । म आफूलाई मानव भएर भगवान र पितृको सेवा गर्न पाउदा गौरावान्बित छु ।

    समाजले धार्मिक बिधालाई हेर्ने नजर कस्तो छ ?

    अजित जि ! समाज त हो । समाजलाई हामीले कस्तो शिक्षा दिएका छौं भन्ने कुरामा भर पर्छ । हाम्रो हेर्ने नजरमा भर पर्छ । तर पहिलेको तुलनामा भन्दा अहिले धार्मिक क्षेत्रलाई हेर्ने नजर राम्रो छ । किनभने, सबै युवा जमातहरुपनि यो क्षेत्रमा अहिले आकर्षित हुनुहुन्छ ।

    नेपाली धर्म संस्कृतिको अवस्था अहिले कस्तो छ ?

    अजित जि ! तपाईं आफैं पत्रकार धेरै कुरा बुझ्नुभएको छ । सायद मैले धेरै बुझाउन नपर्ला तापनि मैले अघिनै बताइसके सबैको मन बिचार एकै हुँदैन । सबैका आआफ्नै स्वभाव छन् । यही कारण हामीमा दम्भ छ । अरुलाई देखाउनका लागि भएपनि धेरै खर्च गर्ने प्रवृत्ति बढ्दो छ । पश्चिमी शैलीको प्रभावमा परेर हाम्रा धार्मिक मूल्यमान्यताहरु तडकभडक हुने गरेका छन् ।विभिन्न यज्ञ तथा पुजाआजामा धेरै ठूलो आर्थिक चलखेल हुने हुँदा ब्राहमणहरुको अस्तित्व पहिलेभन्दा अहिले फरक देखिदै गएको छ ।

    नेपाल आर्मीमा कहिले जागीर खानुभयो ?

    मैले नेपाल आर्मीमा वि.स. २०४० सालमा जागीर खाएको हुँ ।

    कहिले रिटायर हुनुभयो ?

    म २३ बर्ष नेपाल आर्मीमा काम गरेर अबकास लिए ।

    नेपाल आर्मीमा के का लागि नियुक्ति हुनुभएको थियो ?

    म नेपाल आर्मीमा खास गरेर पुजाआजा कै लागि नियुक्ति भएको हुँ ।

    कति थियो त्यो बेलामा नेपाल आर्मीमा सरकारी तलब ?

    अजित जि ! त्यो बेला जम्मा नेपाल आर्मीमा सरकारी तलब ९० रुपैयाँ थियो ।

    त्यति रकमले घर खर्च चल्थ्यो त ?

    अजित जि ! त्यो बेलाको ९० रुपैयाँ अहिलेको १ लाख भन्दा बढी हो । राम्रो जग्गा जमिन आउथ्यो त्यो पैसाले जे होस् जागीरले घरव्यवहार चलाउन खासै गाह्रो भएन ।

    कतिसम्म कहाँ गएर पढ्नुभयो ?

    मैले आचार्य सम्मको अध्ययन गरें । भारतको बनारस र नेपालको देवघाट आदि ठाउँमा अध्ययन  गरें ।

    कुनकुन देश भ्रमणमा जानुभयो ?

    म जापान, भारत, पाकिस्तान, दुवै, कतार, कम्बोडिया आदि देशको भ्रमण गरेको छु ।

    अन्तमा केही भन्नुहुन्छ ?

    मलाई तपाईंको लोकप्रिय संचार माध्यम मार्फत आफ्ना कुरा राख्ने अबसर दिनुभएकोमा म यहाँलाई धन्यवाद दिन्छु ।

      आइतबार, माघ १३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.