• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शुक्रबार, मङि्सर २०, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

  • १०. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

देवघाट महा–महोत्सवमा संकलित खाद्यान्न विभिन्न गुरुकुल तथा आश्रमहरूलाई वितरण


  •   सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
  • गत माघ १ गतेदेखी ३० गतेसम्म देवघाटधाममा सन्चालित देवघाट महा–महोत्सवमा संकलित खाद्यान्न देशका विभिन्न गुरुकुल तथा आश्रमहरुमा वितरण गरिएको छ ।

    Advertisement

    महा–महोत्सवमा भक्तजनहरूले अर्पण गरेका खाद्यान्न तथा जिन्सी सामग्रीलाई व्यवस्थित रूपमा संकलन गरी विभिन्न गुरुकुल तथा आश्रमहरूमा वितरण गरिएको महा–महोत्सवको आयोजकले जनाएको छ । आयोजकका अनुसार, चितवन, तनहुँ, नवलपुर, पर्वत, धादिङ लगायत विभिन्न जिल्लाका ३० भन्दा बढी गुरुकुल तथा आश्रमहरूलाई आवश्यक खाद्यान्न तथा उपभोग्य सामग्री उपलब्ध गराइएको छ ।

    महामहोत्सवमा भक्तजनहरुले अर्पण गरेको चामल, तेल, आलु, नुन, आटा लगायतका दैनिक उपभोग्य वस्तुहरू हरिहर आश्रम, महेश सन्यास आश्रम, कल्याणी गुरुकुल, गार्गी कन्या गुरुकुल, रामजानकी गुरुकुल, रुपानुगा परा विद्धापीठ, सिद्धेश्वर गुरुकुल (मलेखु), मानव सेवा आश्रम, वागेश्वरी गुरुकुल, गौशाला लगायतका विभिन्न गुरुकुल तथा आश्रमहरुमा पठाइएको छ । आयोजकका अनुसार, पठाइएका सामग्रीहरू ४ देखि ६ महिनासम्म पुग्ने गरी आवश्यक मात्रामा वितरण गरिएको छ ।

    महामहोत्सवमा संकलित खाद्यान्न तथा अन्य सामग्रीहरूको दुरुपयोग हुन नदिन विशेष सावधानी अपनाइएको थियो । महोत्सवका आयोजक तथा स्वयंसेवकहरूले प्रत्येक सामग्रीलाई ध्यानपूर्वक वर्गीकरण गरी उचित व्यवस्थापन गरेका थिए । सत्संकल्पकर्ता ईश्वरकृष्ण महाराजले महोत्सवमा संकलित दान तथा सामग्रीहरूलाई सही ठाउँमा पुराउने कुरामा विशेष ध्यान दिइएको बताए ।

    महामहोत्सवमा संकलित आर्थिक सहयोग तथा खर्चको पारदर्शिता कायम गर्न आयोजकले विशेष पहल लिएको छ । आर्थिक व्यवस्थापनको सम्पूर्ण विवरण पारदर्शी बनाउन ६ जना चार्टर्ड एकाउन्टेन्ट (सीए) को टोलीले सम्पूर्ण हिसाब–किताब गरिरहेको छ । आयोजकका अनुसार, केही दिनभित्रै पत्रकार सम्मेलनको आयोजना गरी सम्पूर्ण आय–व्यय विवरण सार्वजनिक गरिनेछ ।

    महामहोत्सवका प्रेस संयोजक नारायण भण्डारीले कार्यक्रमलाई व्यवस्थित, पारदर्शी र दिगो बनाउन आयोजक समिति पूर्ण रूपले प्रतिबद्ध रहेको बताए । ‘महामहोत्सवमा देशभरका ३० लाख भनदा बढि भक्तजनहरूको उपस्थिति रह्यो’ उनले भने ‘भक्तहरूले अर्पण गरेको सामग्रीलाई सही ठाउँमा पुराउनु हाम्रो जिम्मेवारी हो ।’
    देवघाट महामहोत्सवले धार्मिक आस्था, संस्कृतिको प्रवद्र्धन, सामाजिक एकता तथा दिगो सेवाभावको उदाहरण प्रस्तुत गरेको आयोजकको निष्कर्ष छ । महामहोत्सवले हिन्दू धर्मावलम्बीहरूको आस्थाको केन्द्र देवघाटलाई थप प्रभावशाली धार्मिक स्थलको रूपमा स्थापित गरेको दावी आयोजकले जनाएको छ ।

    यसैविच महोत्सव सम्पन्न भएलगत्तै आयोजकहरूले देवघाट क्षेत्रमा विशेष सफाइ अभियान सञ्चालन गरेका छन् । समापन समारोहको भोलिपल्टै ११० जना स्वयंसेवकहरूको टोलीले महोत्सव सम्पन्न भएको स्थान, स्नान स्थल तथा बगरको सफाइ गरेका थिए । तीन दिनसम्म निरन्तर रूपमा फोहोर संकलन गरी ट्र्याक्टरमार्फत व्यवस्थापन गरिएको छ ।

      सोमबार, फागुन ०५, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै
      आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै
      माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड
      नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता
      तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन
      एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • २.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ३.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      • ४.
        नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

      • ५.
        तनहुँमा ३५ हजार ४२२ मेट्रिक टन धान उत्पादन

      • ६.
        एनपिएलमा आज लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स खेल्दै

      • ७.
        स्वरसम्राट् नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस

      • ८.
        एलडिसी बैठकः वित्तीय एवं एकीकृत सहयोगमा नेपालको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.