• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
शनिबार, मङि्सर २१, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैनः मन्त्री गुप्ता

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

  • ३. दृष्टिविहिन युवा खुम बहादुर बस्नेतकाे सहयाेग अभियान सम्पन्न

  • ४. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ५. नारायणीमा सिग्नेचर पुल निर्माणको काम सुरु

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. रास्वपाद्वारा समानुपातिकका लागि उम्मेदवार आह्वान

  • ८. माडीमा जलवायु–मैत्री पशुपालन तालिम सम्पन्न

  • ९. भरतपुरमा ४५ दिने मादल बजाउने तालिम संचालन हुँदै

  • १०. कांग्रेसको महाधिवेशन कार्यतालिकामा देखिएको समय ग्यापबारे नेता थापाको प्रश्न

चितवनमा समावेशी शिक्षा परियोजना प्रभावकारी बन्न नसकेको गुनासो


  •   बिहिबार, असार १९, २०८२ मा प्रकाशित
  • भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघद्वारा संचालित समावेशी शिक्षा खासै प्रभावकारी भएको देखिदैन ।

    Advertisement

    कालिका नगरपालिका अत्यन्तै विपन्न तथा सिमान्तकृत अल्पसंख्यक जातीहरुको बसोबास भएको क्षेत्र हो ।

    यहाँ चेपाङ, पर्जा, बोटे, राई, लिम्बु, गुरुङ मगर र बाहुन क्षत्री आदिको बसोबास छ । अपांगता तथा जटिल प्रकारका अपांगता भएका व्यक्तिहरुका लागि तालिम तथा स्रोत कक्षा उपचार आदिमा समाबेश गराउने भनिएतापनि वास्तविक पीडितसम्म नपुगेको कालिका नगरपालिका १० का वडाध्यक्ष नरजङ प्रजाले गुनासो गर्नुभयो ।

    कालिका नगरपालिका भौगोलिक हिसाबले समेत पहाडी भुभाग भएका कारण अपांगता तथा जटिल प्रकारका अपांगताका लागि समावेशी शिक्षा परियोजना ल्याइएतापनि वास्तविक समुदाय लाभान्वित हुन नसकेको प्रजाले गुनासो गर्नुभएको हो ।

    जिल्लाका दुईवटा पालिकामा रहेका एक सय ४७ वटा सामुदायिक विद्यालयमा समावेशी शिक्षा परियोजना सञ्चालन गरिएको छ । ‘अटिजम’ भएका विद्यार्थीलाई लक्षित गर्दै भरतपुर महानगरपालिका र कालिका नगरपालिकामा यो परियोजना सञ्चालन गरिएको हो ।

    परियोजना सञ्चालनमा आएसँगै दुई पालिकाका ३९ ‘अटिजम’ भएका बालबालिकालाई फिजियोथेरापी, एक सय ३७ बालिबालिकालाई घरमा आधारित शिक्षा सञ्चालन गर्ने भनिएतापनि वास्तविक क्षेत्रका व्यक्तिले नपाएको पीडितको गुनासो छ ।

    परियोजनाले गाउँघरका विद्यालय जानबाट बन्चित बालबालिकाहरुलाई भर्ना गराउने तथा घरमा आधारित शिक्षा संचालन गर्ने जनाउदै आएको भएपनि वास्तविक क्षेत्रका पीडित बालबालिकाहरु लाभान्वित हुन सकिरहेका छैनन् ।

    अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघ नेपालले तीनवर्षे कार्यक्रम अन्तर्गत समावेशी शिक्षा परियोजना कालिका र भरतपुर महानगरमा संचालन गर्दै आएको छ ।

    परियोजनाको समयावधि सकिनै लाग्दा समेत प्रभावकारी नभएपछि परियोजना उदेश्य बिपरित भएको जानकारहरु बताउँछन् ।

    कालिकाका ३५ वटा विद्यालयमा यो परियोजना संचालन भएपनि सुधारोन्मुख भएको देखिदैन । परियोजनाले घरमा आधारित शिक्षा लिने २५ जना बालबालिकाहरु र ४ जना घुम्ती शिक्षकहरु भएको बताएपनि जटिल प्रकारका बालबालिका भएका घरमा नआउने गरेको पीडित बालबालिकाका आफन्तले बताएका छन् । तर परियोजनाले विद्यालय जान नसक्ने बालबालिकाहरुका लागि घुम्ती शिक्षकको व्यवस्था गरिएको बताएको छ ।

    उता भरतपुर महानगरका शिक्षा शाखा प्रमुख सुवासचन्द्र आचार्यले परियोजनाको उदेश्य, लक्ष्य तथा योजना बारे आफूलाई कुनै जानकारी नभएको बताउनुभयो । उहाँले भरतपुर र कालिकामा परियोजना संचालन हुँदै आएको भएपनि यसको कार्य मुल्यांकन तथा लाभान्वित बालबालिकाको तथ्यांक बारे एकिन विवरण नआएको प्रष्ट पार्नुभयो ।

    समावेशी शिक्षा परियोजनाका बारेमा अटिजम केयर चितवन सोसाइटी र राष्ट्रिय बहिरा महासंघले परियोजना अबधि सकिनै लाग्दा समेत यसको प्रभावकारी तथ्यांक हालसम्म सार्वजनिक गरेको छैन ।

    संचारकर्मीले यस बारेमा बारम्बार बुझ्न खोज्दा समेत पहिले नै सोधिने प्रश्न तयार गर्नुपर्ने भन्दै दुईवटै परियोजनाका संचालकहरुले आनाकानी गर्ने गरेका छन् ।

      बिहिबार, असार १९, २०८२ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य
      क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै
      धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु
      कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन
      निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन
      भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      लोकप्रिय

      • १.
        नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • ४.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ५.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ६.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      भर्खरै

      • १.
        चितवनमा बिमाका लागि पशुको नामसारी अनिवार्य

      • २.
        क्षतिग्रस्त विद्युत् संरचना मर्मत गरिँदै

      • ३.
        धुलिखेल–खावा सडकखण्ड स्तरोन्नति कार्य पुनः सुरु

      • ४.
        कांग्रेस सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

      • ५.
        निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

      • ६.
        भरतपुर सिटीहल पाँच वर्षपछि पनि अधुरै

      • ७.
        आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

      • ८.
        माटोको गुणस्तर सुधार तथा संरक्षणमा मन्त्री परियारको जोड

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.