सबै ल्होछार नेपाली आदिवासी जनजातिहरूको साझा महान साँस्कृतिक, पहिचानको पर्व भएको कारण सबैले सयुक्त रूपमा मनाऔं ।
विश्वको ठूलाठूला चार वटा सभ्यता र चारवटा ल्होछार प्रकृतिसंग सम्बन्धि छ । नेपालको हिम्मानब सभ्यता मध्ये नेपालमा मिश्रति सभ्यता नै हो तर मिश्रित सभ्यता मध्ये ह्रवाङ्रो सभ्यता जहाँ चिन तथा तिब्बती क्षेत्रबाट भित्रीयो ल्होछार पनि हामी चार प्रकारको हामी मनाउने गर्छौ,जस्तै :- १कोङ्पो ल्होछार,२.तोला ल्होछार,३.सोनाम ल्होछार, ४.ग्याल्पो/ग्याललो ल्होछार, हुन।
हिमाली, पहाड र तराई क्षेत्रमा बसोबास गर्ने गुरूङ,तामाङ, शेर्पा मगर,लगायत बशेषगरी आदिवासी जनजाति समुदायहरूले १२ बर्ग महिना र प्रकृतिमा आधारित ल्होछार मनाउने गरिन्छ।
गुरूङ, तामाङ , शेर्पा , मगर ,ह्योल्मो मुख्य जातिहरू को साझा साँस्कृतिक पर्व हो ।तर हामीले सबै ल्होछारलाई सयुक्त साँस्कृतिक पर्ब रूपमा मनाउन हामीले पुस देखि फागुन सम्म तीन महिना पर्यटकिय आदिवासी जनजाति साँस्कृतिक महान पर्बको रूपमा मनाउन हामीले कोशिस गरेर विश्वभरिका मानव जातिहरूलाई नेपालमा महान -ल्होछार साँस्कृतिक साझा पर्बको रूपमा आर्थिक उत्पादनमा बिकसित हुने गरि पहिचानको पर्बको रूपमा मनाउन हामीले साझा अबधारणा बनाउनु पर्छ।
यो चाड पुरानो वर्षको बाह्रौ महिनाको पहिलो दिन अनौपचारिक रूपमा मनाइन्छ । जुन कोङ्पो ल्होछार, त्यसपछि तोला ल्होछार जस्लाई गुरूङ( तमु )ल्होछार त्यसपछि मगर,तामाङ, घले गुरूङहरूले माघे सक्रान्ती हुँदै सोनाम लोसार मनाउछन,किसानहरूले बालिनाली उठाएपछि मनाइने चाड हो । यसलाई ल्होसार या ल्होछार पनि भनिन्छ । लुनार क्यालेन्डर अर्थात चन्द्र पात्रो यसको मुख्य आधार हो । ल्होछार महत्त्वपूर्ण सांस्कृतिक पर्वमात्रै नभई उमेर गणनाको आधार पनि हो ।नयाँ वर्षको आगमनसँगै मान्छेको आफ्नो उमेर गणना गर्न यसको प्रयोग हुन्छ । यसका लागि विभिन्न १२ वटा जनावरलाई प्रतीक बनाइन्छ ।
यी प्रतीक खासगरी वर्ग हुन् । यही वर्गको आधारमा मानिसको स्वभाव, चरित्र र मनोविज्ञानको विश्लेषण हुन्छ।जस्तो आधारमा ग्रह ,दर्शा, राम्रो नराम्रो कामको बारेमा पहिचान गर्ने गरिन्छ।
हरेक एक जनावरको पालो बार्ह वर्षपछि मात्रै आउँछ । यसलाई ल्हो–खोरल्हो (वर्ष चक्र) भनिन्छ । यो पर्व मान्ने जुनसुकै राष्ट्रियता समुदायका मान्छेले कति वर्ष भयो भनेर सोध्नुको साटो कुन ल्होको हो भनेर सोध्छन् र उमेर पत्ता लाउँछन् ।गुरुङ, तामाङ ,मगर,शेर्पा, घले,ह्योल्मो लगायतका पहाडी तथा हिमाली बौद्ध आदिवासी जनजातिमा वर्ष गन्ने जुन परम्परा छ, त्यो ल्होछारबाटै प्रारम्भ हुन्छ । यो पर्व तिब्बत, मंगोलिया, चीन, भियतनाम, ताइवान, भुटान, सिक्किम तथा उत्तरी भारतमा पनि मनाइन्छ ।
अलग–अलग स्थानमा अलग–अलग मौसमी अवस्था रहने र अलग–अलग खेतीपाती लगाइने भएकाले ल्होछार मान्ने तिथि–मिति र तौरतरिका केही भिन्न भए पनि पर्वलाई मान्ने तौरतरिका भने प्राय: एकै किसिमको देखिन्छ । हामीले पसष देखि फागुन समणमको अबधिमा चार वटा ल्होछार मनाउने भएको हुदा सबै जाति तथा राष्ट्रियताको एकताको लागि तीन महिनामा चार वटा ल्होछार मनाउने प्रथालाई नेपाली आदिवासी जनजाति हरूले सबै ल्होछारलाई सम्मान गर्दै उपयुक्त कुनै समयमा पसि माघ र फागुन जुन महिना वा दिनमा सबै सबै लागि नेपाली आदिवासी जनजाति एकताको लागि सयुक्त मुल ल्होसार/ साझा ल्होछार महान साँस्कृतिक पर्बको रूपमा मनाउनु पर्छ, यसमा हामी सबै समुदायले जोड गर्नुपर्छ।
उच्च आबौद्ध ज्योतिष शास्त्र ज्युङची, कारची र नागचीअनुसार एघारौं तिब्बती महिनाबाटै वर्षको परिवर्तन हुने गर्छ । यो बेला पञ्च महाभूत बदलिँदा वर्ष पनि बदलिने कुरालाई बुद्ध समन्तभद्रको प्राणीधानमा पनि उल्लेख गरिएको छ ।
त्यसबेलामा एउटा ल्होछार मनाइन्छ । यस्तै जन्म, मृत्यु, बुढ्यौली सम्बन्धी समेटिएको ज्युङचीअनुसार पनि पृथ्वीले सूर्य परिक्रमा गर्ने भ्रमण कक्ष एघारौं महिनामा नै फेरिने र त्यतिबेला नयाँ वर्ष सुरु हुने बताइएको छ,
नेपालका गुरुङ समुदायको तोला ल्होछार यही बेलामा पर्छ । नेपाल र चीनको तिब्बती क्षेत्र समेतमा गरेर चार प्रकारको ल्होछार प्रचलनमा रहेको देखिन्छ ।
१) कोङ्पो
यो ल्होछार तिब्बतको कोङ्पो प्रान्तमा मनाइन्छ । दसौं शताब्दीतिर मंगोल र भोटबीच युद्ध हुँदा कोङ्पो प्रान्तका राजा आग्यालले लोसार नमनाई युद्धमा नजाने निर्णय गरेका थिए । ल्होछार आउन तीन महिना बाँकी थियो । तर मंगोल सेनाले आक्रमण सुरु गरिसकेकाले बाध्यतावश कोङ्पो प्रान्तका राजा आग्यालले दसौं महिनामै ल्होछार मनाएर युद्धमा गए । त्यही समयदेखि कोङ्पो ल्होछार परम्परा सुरु भयो । यो ल्होछारमा वर्ष चक्र फेर्ने प्रक्रिया भने सम्पन्न भइसकेको हुँदैन ।तर दुखलाई सुखमा परिवर्तन गर्न ल्हो फेर्न शुरूवात क्रम मनाईन्छ।
२) तोला
महायानी बौद्ध ज्योतिष पात्रोको एघारौं महिनामा तोला ल्होछार मनाउने प्रचलन छ । ‘तोला’को शाब्दिक अर्थ खाने इच्छा हुनु भन्ने बुझिन्छ । किसानहरू नयाँ अन्नबाली पाक्ने बेलामा खान आतुर भई देउतालाई चढाएर खुसियाली मनाउँदा तोला ल्होछार परम्परा सुरु भएको हो । यो ल्होछारमा पनि वर्ष फेर्ने प्रक्रिया पुरा भएको हुँदैन । जुन समयमा गुरूङ( तमु) समुदायले यो पर्व मनाइन्छ,जुन समयमा थुप्रै सांस्कृतिक कार्यक्रम सहित स्यो कैं
(भोज खाने )गरिन्छ।
३) सोनाम
बौद्ध पात्रोले निर्धारण गरेको बाह्रौं महिना (ग्याल दावा) मा सोनाम ल्होछार पर्छ । सोनाम शब्दले खेतीपातीसँगै पुण्य कार्यको अर्थ बुझाउँछ । नयाँ बाली लगाउनुपर्ने व्यस्त समय पर्ने भएको हुँदा एक महिना अगाडि अर्थात बाह्रौं महिनामा नै किसानले ल्होछार मनाउने परम्परा सुरु गरेको मानिन्छ । त्यही भएर यसलाई सोनाम (कृषक) ल्होछार भनिएको हो । सोनाम ल्होछार राजकीय (ग्याल्पो) लोसारभन्दा ठिक एक महिना अगाडि पर्छ ।तामाङ समुदायले यो ल्होछार मनाउछ।
४) ग्याल्पो वा ग्याल्लो
हिमाली बौद्ध पात्रोको बाह्रौं महिना सकेर पहिलो महिना छ्यु दावाको पहिलो दिनमै यो ल्होछार पर्छ । ग्याल्लोको शाब्दिक अर्थ विजय हो । तसर्थ यसलाई ग्याल्पोको सट्टा ग्याल्लो भनेको पनि पाइन्छ । बौद्ध पात्रोको पहिलो महिनाको पहिलो दिनमा पर्ने हुँदा यही दिनबाट नयाँ सम्वत् फेर्ने प्रक्रिया सुरु हुन्छ । बौद्ध पात्रोअनुसार यही ल्होछारदेखि नै आधिकारिक रूपमा नयाँ वर्ष सुरु हुन्छ ।यो ल्होछार शेर्पा,लामा, होल्मो राष्ट्रियताहरूले मनाउने गर्छ।
ल्होछार समुदाय, भूगोल र बालीको प्रकृतिअनुसार यो पर्व मनाउने तरिकामा पनि केही विविधता पाइन्छ । आधारभूत रूपमा भने सबै ल्होछारको तरिकामा एकरूपता भेटिन्छ । आपसमा शुभकामना बाँड्दै गच्छेअनुसार राम्रो लगाउने र मिठो खाने, रमाइलो गर्ने, नाचगान गर्ने र आफन्तजनसँग भेटघाट गरी आशिर्वाद थाप्ने परम्परा तामाङ, शेर्पा, गुरुङ लगायत सबै समुदायमा छ ।
हिमाली भेगमा १५ दिन अघिबाटै गहुँ, जौं, मकैको समृद्धिको प्रतीक लोफुई (जमरा) राख्ने चलन छ । खासगरी बाह्रौं महिनाको २९ औं दिन अर्थात् कृष्णपक्षको चतुर्दशी (न्यीशु गु) का दिन बिहान सबेरै उठेर नुहाउने, सबैतिर सरसफाइ गर्ने कार्यबाट यो पर्व सुरु हुन्छ । स्त्रीहरूले चाहिँ त्रयोदशीकै दिन (२८ औं दिन) वा औंसीको दिन नुहाउने चलन छ । चतुर्दशीकै बेलुकी ९ भन्दा बढी अन्नको परिकार पकाएर खाने गरिन्छ ।
ल्होछार फरकफरक समयमा मनाएपनि हामीले ल्हो फेर्ने तीन महिनाको चरणमा गरिने चार समयमा हामीले मनाउने ल्होछारलाई पुस, माघ र फागुन जुनसुकै महिना दिन किन नहोस नेपाली आदिवासी जनजाति राष्ट्रियता वा समुदायहरूले महान एकताको लागि “एकता संयुक्त ल्होछार साझा महान साँस्कृतिक पर्ब”को रूपमा चार दिन सम्म मनाउन जरुरी छ।
यो कार्यदिशा तर्फ लाग्न अपिल गर्छु।
लेखक : बिनोद गुरुङ
सामाजिक तथा राजनीतिक बिज्ञ हुनुहुन्छ ।