• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
आइतबार, कार्तिक २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

नेपाल दक्षिण अफ्रिकासँग पराजित

कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

चितवनमा १४ करोडको कृषि आधुनिकीकरण योजना, १० वटा कार्यक्रम सञ्चालन हुँदै

लोकप्रिय समाचार

  • १. नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

  • २. चितवनमा युवाको मतदाता दर्तातर्फ बढ्दो आकर्षण

  • ३. ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

  • ४. चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

  • ५. रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

  • ६. अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

  • ७. पोखरा–बागलुङ सडकमा यात्रा गर्न सकस

  • ८. सांसदको काम थिति बसाल्ने होः उपसभापति वाग्ले

  • ९. राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

  • १०. त्रिवेणी सिन्थेटिकले बुझायो बिजुलीको बक्यौता

शिक्षण पेशामा मेरो अनुभव


  •   आइतबार, माघ २०, २०८१ मा प्रकाशित
  • केशवराज पन्त चितवनमा चिरपरिचित नाम हो । सायद उहाँलाई नचिन्ने बिरलै पाइन्छ । वि.स. २०२० सालमा जन्मनुभएका उहाँले बि.ए. सम्म अध्ययन गर्नुभएको छ । अहिले हाल उहाँ भरतपुर १२ मा बस्दै आइरहनु भएको छ । बिगत लामो समय शिक्षण पेशामा सक्रिय रहँदै आउनुभएका पन्त अहिलेपनि विभिन्न सामाजिक संघसंस्थामा आबद्ध हुनुहुन्छ । उनै पन्तसंग हाम्रा पारदर्शीकर्मी अजित अधिकारीले शिक्षा क्षेत्रमा उहाँको योगदान र अनुभवलाई समेटेर तयार पार्नुभएको संवाद

    Advertisement

    यहाँलाई हार्दिक स्वागत छ, पारदर्शी अनलाइन डटकममा ?

    धन्यवाद अजित जि !

    आराम हुनुहुन्छ ?

    आराम छु ।

    आजभोलि यहाँ के काममा व्यस्त हुनुहुन्छ ?

    विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छु । तिनै कामहरुमा विशेषगरी व्यस्त हुन्छु ।

    तपाईंलाई शिक्षण पेशामा लाग्ने प्रेरणा कसरी जाग्यो ?

    म अजित जि ! शिक्षण पेशामा अरुको प्रेरणा भन्दापनि आफ्नै रुचीले शिक्षण पेशामा लागेको  हो । फेरि मेरो बुवापनि गाउँमा पहिले शिक्षक हुनुहुन्थ्यो । सायद यसैको प्रभावपनि हुन सक्छ ।

    यहाँले एसएलसी कहाँबाट उत्तीर्ण गर्नुभयो ?

    अजित जि ! मैले एसएलसी विद्यामन्दिर व्यवसायिक माध्यमिक विद्यालय बागलुङबाट गरेको हुँ । यसपछि आइए र बिए महेन्द्र क्याम्पस बागलुङ धौलागिरीबाट गरेको हो ।

    यहाँले सुरुमा कुन स्कुलबाट पढाउन सुरु गर्नुभयो ?

    यहाँलाई भन्नुपर्दा मैले सुरुमा श्री बौडेचौर प्राविबाट पढाउन सुरु गरेको हुँ । पछि म त्यहीबाट शिक्षक पेशामा अस्थायी भएर अध्यापन गराए ।अस्थायी नियुक्ति वि.स. २०४५ साल पौष १८ गते भएको थियो । यसैगरी स्थायी नियुक्ति सोही विद्यालय बाट नै मेलै वि.स. २०४८ साल साउन १ गते प्राप्त गरें । स्थायी नियुक्ति प्राप्त भएपछि बौडेचौर प्राविको संस्थापक प्रधानाध्यापक भइ काम गर्ने अबसर प्राप्त गरें । यहाँलाई जानकारी गराउ म त्यस बखतमा त्यस स्कुलको लागि ६/७ वटा निमावि दरबन्दी ल्याउन समेत सफल भएको थिए । त्यतिबेला तीन सय भन्दा बढी विद्यार्थी संख्या थियो । वि.स. २०५० सालमा बसुन्धरा प्राविमा सरुवा भए । त्यसपछि ५४ सालमा बराह प्रावि चनौतेमा अध्यापन गरें । त्यसपछि म वि.स. २०६१ सालमा जिल्लान्तर सरुवा भए । भरतपुर ११ मा रहेको श्री हिमालय राप्राविमा पढाउन थाले यसरी विभिन्न क्षेत्रबाट मैले अध्यापन यात्रा सुरु गरेको हुँ ।

    विभिन्न क्षेत्रमा गएर पढाउदा यहाँले कस्तो महसुस गर्नुभयो ?

    अजित जि ! सायद शिक्षण पेशा होस् या सरकारी या प्राइभेट लेबलका जुनसुकै बिधाका जागीर हुन् सरुवा र नियुक्ति भइरहन्छन् । कहिले पहाड कहिले हिमाल त कहिले तराई सबैतिर सरुवा हुन सक्छ । त्यहाँ बस्दै गर्दाको रहनसहन भौगोलिक स्थिति भू-बनावट र हावापानी एक ठाउँबाट अर्को ठाउँमा जादा भिन्नता हुने त स्वभाविक नै भयो । जे होस् मलाई मेरो शिक्षण पेशाबाट म संतोषजनक नै रहे ।

    यहाँ शिक्षण पेशामा रहँदै गर्दा सम्मानित भएको अनुभव केही छ ?

    म धेरैपटक सम्मानित भएको छु । स्थानीयस्तरदेखि केन्द्रीयस्तरमा सम्मानित हुँदै गर्दा आफूलाई अत्यन्त गौरावान्वित भएको महसुस समेत गरेको छु । यो बीचमा म शिक्षा मन्त्रालयबाट शिक्षा पुरस्कार पाएको थिए ।  दिर्घ सेवा पुरस्कार पाउनुका साथै नेपाल शिक्षक संघ भरतपुर नगरको सचिव समेत भएर काम गरें । यसैगरी म शिक्षण पेशापछि नेपाली कांग्रेसबाट वार्ड नं. १२ को सदस्य पदमा उम्मेदवारी दिएको थिए । यसरी विभिन्न सामाजिक क्षेत्रमा म सरिक रहँदै आएको थिए ।

    पहिले र अहिले शिक्षा क्षेत्रमा कस्तो परिवर्तन पाउनुभयो ?

    अजित जि ! पहिले र अहिले शिक्षा क्षेत्रमा ज्यादै ठूलो परिवर्तन भएको मैले महसुस गरेको छु । हुन त, अहिले बिज्ञान र प्रविधिको युग हो । पहिले अहिलेका जस्ता मोटर गाडी मोबाइल फोन र विभिन्न टेक्निकल उपकरणहरु थिएन । त्यो समयलाई स्मरण गर्दा त, अहिले धेरै बिकास भएको छ । शिक्षा, स्वास्थ्य, यातायात र संचार जस्ता अत्यावश्यक पूर्वाधारहरुको एकपछि अर्को गर्दै बिकास भएको अनुभुती महसुस गरेको छु । तर शिक्षामा राम्रो गुणस्तर अहिले नभई पहिले थियो । किनभने त्यतिबेला किताब पढ्ने बानी थियो । सबैको पढाईमा मात्रै ध्यान हुन्थ्यो । सायद अहिले मोबाइल फोन आदिको प्रयोगले होला त्यति किताबी ज्ञान भन्दा अन्य ज्ञानमा मानिसको ध्यानबढी केन्द्रीत भएको पाइन्छ ।

    त्यो बेला विद्यार्थी संख्या कस्तो हुन्थ्यो ?

    त्यो बेला विद्यार्थीको संख्या अधिक थियो । जन्मान्तरपनि त्यो बेला बढी थियो । त्यो समयमा एउटा कक्षामा कम्तीमापनि ५०/६० जना विद्यार्थी अनिवार्य हुन्थे । मावि तह थोरै भएका कारणलेपनि हुन सक्छ । ९/१० मा एउटै कक्षामा चारवटा सेक्सनसम्म हुन्थे । तर अहिले त्यस्तो छैन । किनभने विद्यार्थी संख्या अहिले ज्यादै न्यून छ । यस्तो हुनुमा प्रमुख कारण जन्मान्तर कम हुनुपनि हो । अर्को एसईइ वा प्लस टु गरेपछि विद्यार्थीहरु बिदेशीनेक्रमपनि बढेको छ । जसले गर्दापनि विद्यार्थी संख्या केही ओरालो लागेको हो कि जस्तो लाग्छ ।

    शिक्षक विद्यार्थी र अभिभावकको भूमिका कस्तो हुनुपर्ला ?

    अजित जि ! शिक्षक विद्यार्थी र अभिभावकको सम्बन्ध त्रिपक्षिय हुनुपर्छ । किनभने यी बीचमा कम्युनिकेसन हुन आबश्यक छ । विद्यार्थीको पहिलो पाठशाला भनेको घर हो । अभिभावकलेपनि आफ्ना सन्ततिको पढाईमा चासो दिनुपर्छ । उनीहरूको संगत पढ्ने समय तालिका आदि मिलाइदिनुपर्छ । समयसमयमा स्कुलमा जाने र पढाईको बारेमा बुझ्नुपर्छ ।

    अबको नयाँ शिक्षा प्रणाली कस्तो हुनुपर्छ ?

    अजित जि ! पक्कैपनि अबको नयाँ शिक्षा प्रणाली व्यवहारिक र सैद्धान्तिकसंगै पढ्दै कमाउदै गर्न मिल्ने खालको हुनुपर्छ । अहिले बढ्दो युवा जनशक्ति बिदेशीने एकमात्र प्रमुख कारण भनेकै नेपालमा रोजगारीका ढोकाहरु बन्द हुनु हो । यसले विद्यार्थीलाई नैराश्यता पैदा गर्दा आज आम युवाहरू बिदेशीन बाध्य छन् । नेपालको राजनीतिक परिवर्तनहरु, मिश्रित शैक्षिक प्रणाली र दर्शनहरु, शिक्षा आयोगका प्रतिवेदनहरु, नीति, ऎन, नियम, कानुन, निर्देशिकाहरुको संयुक्त प्रयासले समेत शिक्षाको अपेक्षित बिकासमा उल्लेखनीय योगदान गर्न सकेन। यसमा कही न कहीबाट भाषिक, बिषयबस्तु, आदर्श या संस्कृतिमा प्रत्येक्ष र परोक्ष ढङ्गले प्रहार भएकोले पो हो कि समिक्षा गर्ने बेला भएको छ । त्यो कतै स्वार्थले काम गर्‍यो कतै निरिहपनले कतै हेपाहा प्रवृत्तिको सिकार पो भो कि। यसरी तयार पारिएको शिक्षा बिकासको त्यो ज्ञान, उपदेश र सूचना आदनप्रदानको सत्तरी बर्षको समय समाप्त भयो । अब अनुसन्धानमा आधारित शिक्षामा जानुपर्ने युग आयो । नयाँ प्रतिबेदन, नयाँ नीति, ऎन, नियमावली, दर्शन र निर्देशिका निर्माण गरेर आत्मनिर्भरता, शान्ति, स्थायित्व र समृद्धितर्फ मूलुकलाई लैजान जरुरी भएको म देख्दछु । त्यसैले अब आफ्नै धरातलीय यथार्थमा टेकेर बिशुद्द आफ्नै सहभागीता, लगानी र अग्रसरतामा, पूर्ण स्वतन्त्र भएर अनुसन्धनात्मक ज्ञान र सिप, अनुभव र अनुभूति गरेर सिक्ने पद्धतिमा आधारित नयाँ शिक्षाको ब्यवस्था र प्रणाली निर्माण हुन अत्यन्त जरुरी छ ।

    अन्त्यमा यहाँलाई केही भन्नु छ ?

    अजित जि ! धेरै विषयबस्तु र प्रश्नको उत्तर अघि माथी नै आइसकेको छ । तापनि आजको एक्काइसौं शताब्दीमा बिज्ञान र प्रविधिको भरपुर बिकास भइरहँदा हामीले त्यसको प्रयोग गर्न सकिरहेका छैनौं । देशमा राजनीतिक स्थायित्व, सुशासनको प्रत्याभूति आम नागरिकले गर्न पाएका छैनन् । सरकारले शिक्षा नीति ऐन ल्याएतापनि व्यवहारमा कार्यान्वयन नगर्दा फिक्का बनेको छ । उच्च शिक्षापछिको शिक्षा क्षेत्र अब कस्तो बनाउने भन्ने कुरामा सरकारको ध्यानाकर्षण हुन जरुरी छ । किनभने, दिनानुदिन विद्यार्थी संख्या कम हुनु भनेको बिदेश जानेको संख्या बढ्नु हो । त्यसैले नयाँ प्रावधान ल्याउन जरुरी छ । केन्द्र, प्रदेश, स्थानिय निकाय, बुद्धिजीवी, बिद्वानहरुले अवको बिद्यालयले के सिकाउने भन्ने कुरामा व्यापक छ्लफल गर्नुपर्दछ । ती हुन् सिर्जनात्मकता, समालोचनात्मक चिन्तन, सप्रेषण/सूचना र सहकार्य सिकाउने रणनीति तयार गरि कार्यक्रम र कार्ययोजना बनाएर प्रवाभकारी बनाउन जरुरी छ ।

    हाम्रो प्रश्नमा आफ्नो बिचार राखिदिनुभएकोमा यहाँलाई धेरैधेरै धन्यवाद !

    यहाँलाईपनि धेरैधेरै धन्यवाद छ ! यहाँको लोकप्रिय मिडियामा मलाईपनि आफ्ना शिक्षण पेशा सम्बन्धि अनुभव शेयर गर्ने अबसर दिनुभएकोमा फेरिपनि यहाँलाई धन्यवाद !

      आइतबार, माघ २०, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र
      जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 
      बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा
      हिन्दुहरुको आस्था, विश्वास संस्कृति र भावनामाथि खेल्ने छुट वडा अध्यक्षलाई छैन ।
      पत्रकार अधिकारीको सञ्चारमन्त्री खरेललाई खुल्ला पत्र
      कृतिम् उपत्यका “माडी” र अन्तिम लडाई

      लोकप्रिय

      • १.
        बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता

      • २.
        शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र

      • ३.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन

      • ४.
        सडकमा प्रदर्शन नगरौँ, सरकार संवादका लागि तयार

      • ५.
        यमपञ्चक अर्थात् तिहारको तेस्रो दिनः आज साँझ

      • ६.
        भीआईपी सुविधा नलिई भारत लागे मन्त्री कुलमान

      भर्खरै

      • १.
        अन्नपूर्णका किसानलाई उत्पादनमा आधारित अनुदान

      • २.
        नेपाल दक्षिण अफ्रिकासँग पराजित

      • ३.
        कांग्रेस नेता मोहम्मद अफताब आलमको मृत्यु

      • ४.
        नेपाली सर्जक डा. बोधराज सुवेदी ‘उत्कृष्ट सर्जन २०२५’ ले सम्मानित

      • ५.
        राष्ट्रिय परिचयपत्रका आधारमा मतदानको व्यवस्था मिलाऔँः ‘जेनजी फ्रन्ट’

      • ६.
        ओलीले विद्यार्थी भन्दापनि आफ्नै सुरक्षा चिन्ताले राजीनामा दिएको रास्वपाको निष्कर्ष

      • ७.
        रास्वपाको विस्तारित बैठक सौराहामा सुरु

      • ८.
        चितवनमा यस वर्ष धान उत्पादनमा वृद्धि

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.