• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, मङि्सर २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. माडी सम्भावना चुनौती र संबाहक हो

  • ३. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ४. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ५. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ८. हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

  • ९. निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

  • १०. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

स्वास्थ्य क्षेत्रका समस्या, चुनौती अनि समाधान र अनुभव


  •   बुधबार, माघ २३, २०८१ मा प्रकाशित
  • डा. मानिकलाल मानन्धर चितवन सहित देशैभर परिचीत नाम हो । काठमाडौंको फर्पिङ दक्षिण कालीमा जन्मिनुभएका मानन्धरले सबैभन्दा बढी चितवनमा बसेर सेवा दिनुभयो ।

    Advertisement

    वि.स. २०११ साल चैत १३ गते जन्मिएका मानन्धरका बुवाआमा उहाँ सानै हुँदादेखि स्वर्गारोहण हुनुभयो । बुवाआमाको माया ममता त्यति धेरै महसुस गर्न नपाएको मानन्धरले बताउनुभयो । सानै उमेरदेखि बुवाआमा नहुँदाको पिडा एकातिर रह्यो भने अर्कातिर घरव्यवहारको जिम्मेवारी डा. मानन्धरमाथी थपियो । ज्यादै दुख र कष्ट गरेर घरको काम सबेरै सकाएर उनी पढ्न व्यस्त हुन्थें । सानै उमेरदेखि नै आफू जिज्ञासु र चञ्चले स्वभावको भएको मानन्धर स्मरण गर्नुहुन्छ । डा. मनिकलाल मानन्धरको वुवाको नाम रामलाल मानन्धर र आमाको नाम नारायणीदेबी मानन्धर हो । उहाँहरु डा. मनिकलाल मानन्धर स्कुले जीवन पढ्दापढ्दै स्वर्गारोहण हुनुभयो । उहाँका बुवाआमा गाउँघरमा खेतीकिसान गर्नुहुन्थ्यो । धेरै पढ्ने अनि राम्रो जागीर खाने सोच त्यो हुटहुटी डा. मानिकलाल मानन्धरमापनि पलायो । अध्ययनमा रमाउने मानन्धर खेलप्रतिपनि उहाँको अत्यन्त ठूलो रुचि थियो ।

    उहाँले वि.स. २०२८ सालमा दोस्रो डिभिजनमा एसएलसी उत्तीर्ण गर्नुभयो । त्यसपछि उहाँले इन्जिनियरिङ अध्ययन गर्नुभयो । एग्रिकल्चर अध्ययन गर्दागर्दै उहाँले यी विषय छाडेर हेल्थ असिस्टेन्टमा जोइन हुनुभयो ।यिनै विविध विषयबस्तुमा रहेर उहाँसंग गरिएको संवाद

    यहाँलाई हार्दिक स्वागत छ, पारदर्शी अनलाइन डटकममा ?

    धन्यवाद अजित जि !

    आराम हुनुहुन्छ ?

    आराम छु ।

    कत्तिको व्यस्त हुनुहुन्छ तपाईं आफ्नो कार्य क्षेत्रमा ?

    पक्कैपनि कार्यक्षेत्रमा असाध्यै व्यस्त छु । पेशाले डाक्टर व्यस्त नहुने त कुरै भएन । तर बिहानदेखि बेलुकासम्म नै स्वास्थ्य सेवामा व्यस्त नै रहने गर्छु ।

    डाक्टर बन्ने चाहना तपाईंमा कसरी पैदा भयो ?

    अजित जि ! म सुरुमा डाक्टर बन्ने चाहना होइन । सुरुवाती चरणमा म इन्जिनियरिङ पेशातर्फ लाग्नको लागि उन्मुख भए । पछि फेरि एग्रिकल्चर कृषि विषय लिएर पढें पछि यी विषय छाडेर एकाएक फेरि म आफूमा डाक्टर बन्ने हुटहुटी पलायो । र म यसै पेशामा लामो समयदेखि लागिरहेको छु ।

    तपाईंको बाल्यकाल कसरी बित्यो ?

    अजित जि ! धेरै विषयबस्तु जो मेरो पारिवारिक पृष्ठभुमि अघि नै आइसकेको छ । यहाँले सोधिहाल्नुभयो । म काठमाडौंको फर्पिङ दक्षिणकालीमा जन्मिएको हुँ । बुवाआमा म सानो छदै बित्नुभयो । बाबुआमा नहुँदा म टुहुरो हुँदाको त्यो क्षण आज सम्झदा मेरा गहभरी आँसु हुन्छ । घरव्यवहार धान्दै पढ्दै आज यो स्थानसम्म आइपुगे ।

    तपाईं आफ्नो पेशामा कत्तिको सन्तुष्ट हुनुहुन्छ ?

    अजित जि ! म आफ्नो पेशामा असाध्यै सन्तुष्ट छु । समयको माग संगै आफ्नो पेशामापनि कर्तव्य निष्ठ भएर नै यो बिधामा निरन्तर लागिरहेको छु । कहिलेकाहीँ बिगतमा आफूले गरेका ती दुख सम्झदा आज प्रेरणाका स्रोत बनेका हुन् कि जस्तो लाग्छ ।

    स्वास्थ्य क्षेत्रमा यहाँले कहाँकहाँ काम गर्नुभयो ?

    मैले स्वास्थ्य क्षेत्रमा धेरै ठाउँमा काम गरें । यहाँलाई भन्नुपर्दा सबैभन्दा बढी त चितवन नै रह्यो । किनभने हालसम्म यहाँ नै रहेर काम गरेको छु । डडेलधुरामा करिब ३/४ बर्ष वीर हस्पिटलमा काम गरें । ५० सालदेखि ७२ सालसम्म नेपाल सरकारको मातहत अन्तरगत भरतपुर अस्पतालमा काम गरें । त्यसपछि रिटाएर भएर सरकारी जागीरबाट बिदा भइ हाल मौलाकालिका  हस्पिटलमा कार्यरत छु ।

    यहाँले एमबीबीएस कहिले जोइन गर्नुभयो ?

    अजित जि ! मैले एमबीबीएस वि.स. २०३७ सालमा जोइन गरें ।

    स्वास्थ्य क्षेत्रका समस्या र समाधान के रहन सक्छ ?

    अजित जि ! नेपालको स्वास्थ्य क्षेत्रमा थुप्रै समस्या अनि चुनौती छ । यसको समाधान नहुने भन्ने होइन । समाधान के कसरी गर्ने भन्ने मात्र कुरा हो । सन् १९४८ अप्रिल ७ गते स्थापना भएको विश्व स्वास्थ्य संगठनको स्थापना दिवसको उपलक्ष्यमा हरेक वर्ष अप्रिल ७ का दिनलाई विश्व स्वास्थ्य दिवसका रूपमा मनाउने गरिएको छ। विश्व स्वास्थ्यका विविध विषयमा विश्वको ध्यानाकर्षण गर्न, सचेत गराउने लगायतका विषयमा वकालत गर्नका लागि सन् २०५० देखि मनाउन लागिएको यो दिवसको ७२औं संस्करण विश्वभरि मनाउन लागिएको छ। “स्वस्थ विश्वको लागि समतामूलक स्वास्थ्य सेवा” नाराका साथ यो वर्ष विश्वभरि नै विभिन्न कार्यक्रम गर्दै विश्व स्वास्थ्य दिवस मनाउन लागिएको हो।

    नेपालमा स्वास्थ्य उपचार पद्दति प्राचीन कालबाट नै सुरू भएको पाइन्छ भने पछिल्लो पटक १७ औं शताब्दीमा सिंहदरबार, वैद्यखानाको स्थापना भएसँगै आयुर्वेद उपचार पद्दतिको सुरूआत भएको पाइन्छ भने वि.सं. १९४७ मा वीर अस्पतालको स्थापना भएपछि आधुनिक चिकित्सा पद्दतिको सुरू भएको हो। नागरिक स्वास्थ्यलाई मध्यनजर गर्दै राज्यले अहिले प्रवर्द्धनात्मक, प्रतिकारात्मक, उपचारात्मक र पुनर्स्थापकीय स्वास्थ्य सेवाहरू प्रदान गरिरहेको छ भने आयुर्वेद, होमीयोप्याथीदेखि एलोप्याथिक पद्दतिसम्म प्रयोग गरी स्थानीय तहको वडादेखि केन्द्रीय तहका विभिन्न स्वास्थ्य संस्थाहरूमार्फत आमनागरिकलाई उपचार सेवा प्रदान गरिरहेको छ। समाधानका उपायमा टेक्नोलोजीको प्रयोग कसरी गर्ने, अस्पतालमा सेवामैत्री कसरी बनाउने, स्वास्थ्य सेवाको प्रभावकारिता, गुणस्तरियताको सुधार र निर्माण आदि कुराहरूमा बिशेषत: जोड दिनुपर्छ भन्ने हो ।

    अन्त्यमा जाँँदाजाँँदै मौलाकालिका अस्पतालका सेवा सुबिधा आदिका बारेमा जानकारी गराइदिनुन ?

    यहाँको मौलाकालिका अस्पतालले एक महिनाका लागि बिशेष छुट कार्यक्रम घोषणा गरेको छ । अस्पतालले आफ्नो नवनिर्मित भवनमा सरेको अबसरमा सेवाग्राहीहरुलाई बहिरंग सेवा (ओपिडि) निशुल्क र अन्य सेवाहरुमा ५० प्रतिशत छुटको घोषणा गरेको हो ।

    भरतपुर महानगरपालिका वडा नम्बर १० बिमानस्थल अगाडी रहेको सो अस्पतालले भोली सोमबार देखि आफ्नै नयाँ भवनबाट सेवा दिन लागेको हो । भरतपुर महानगरपालिका वडा नम्बर ११ बाइपास रोडमा रु ३५ करोडको लागमा निर्माण गरीएको ६ तले सुबिधासम्पन्न अत्याधुनीक भवनबाट सेवा सुरु गर्न लागेको अस्पतालका अध्यक्ष डा.माणिकलाल मानन्धरले जानकारी दिनुभयो । आज यहाँ पत्रकार सम्मेलनको आयोजना गरी उहाँले सरकारको मापदण्ड अनुसारको भवनमा अस्पताल संञ्चालनमा ल्याईएको बताउनुभयो । स्वास्थ्य सम्बन्धि कार्यक्रमहरु संञ्चालनका लागि अस्पताललाई एक सय शैय्याको आफ्नै भवन अनिवार्य हुनुपर्ने भएकाले मापदण्डहरु पुरा गरि अत्याधुनीक सुविधा सहितको भवन निर्माण गरेको उहाँले बताउनुभयो ।

    अस्पतालका प्रबन्ध निर्देशक डा.केशबराज भूर्तेलले नयाँ भवनबाट आकस्मिक सेवा सहितका सबै खालका सेवा दिन लागिएको बताउनुभयो । सरकारले हरेक अस्पतालमा विपन्नका लागि दिने १० प्रतिशत निःशुल्क सेवालाई यस अस्पतालले पनि दिदै आएको उहाँले बताउनुभयो । उहाँका अनुसार निःशुल्क सेवा भए पनि १० प्रतिशत पु¥याउन सकिएको छैन । जिल्लाका ठूला मेडीकल कलेज बाहेक अन्य नीजि क्षेत्रबाट संञ्चालित अस्पतालहरुले सो सेवा पु¥याउन कठीन हुने गरेको भूर्तेलले वताउनुभयो । मानन्धर र भूर्तेल भरतपुर अस्पतालका पूर्ब मेडीकल सुपरिटेण्डेण्ट हुनुहुन्छ । सरकारी सेवामा रहँदा आफुले पाएका अनुभवलाई समेटेर उहाँहरुले दक्ष चिकित्सकीय टोलीको साथमा यो अस्पताल संञ्चालन गर्दै आउनु भएको छ ।

    हस् धन्यवाद ! हाम्रो प्रश्नमा बिचार राखिदिनुभएकोमा ?

    हस् यहाँलाईपनि धन्यवाद !

      बुधबार, माघ २३, २०८१ मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      माडी सम्भावना चुनौती र संबाहक हो
      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार
      रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र
      शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र
      जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 
      बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा

      लोकप्रिय

      • १.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ४.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ५.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      • ६.
        माडी सम्भावना चुनौती र संबाहक हो

      भर्खरै

      • १.
        थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

      • २.
        भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

      • ३.
        भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

      • ४.
        नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

      • ५.
        एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

      • ६.
        अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

      • ७.
        जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

      • ८.
        निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.