• गृहपृष्ठ
  • भिडियो
  • प्रमुख खबर
  • समाचार
    • अन्तराष्ट्रिय खबर
    • राष्ट्रिय खबर
    • चितवन खबर
  • खाेज खबर
  • माडी खबर
  • विविध
    • कृषी र पर्यटन
    • बिचार/लेख
    • धर्म/संस्कृति
    • राेजगारी
    • शिक्षा तथा ज्ञान
    • स्वास्थ्य तथा जिवनशैली
×
मङ्गलबार, मङि्सर २४, २०८२
☰
    • गृहपृष्ठ
    • भिडियो
    • प्रमुख खबर
    • समाचार
      • अन्तराष्ट्रिय खबर
      • राष्ट्रिय खबर
      • चितवन खबर
    • खाेज खबर
    • माडी खबर
    • विविध
      • कृषी र पर्यटन
      • बिचार/लेख
      • धर्म/संस्कृति
      • राेजगारी
      • शिक्षा तथा ज्ञान
      • स्वास्थ्य तथा जिवनशैली

भर्खरै

थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

लोकप्रिय समाचार

  • १. कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक रूपान्तरणका अग्रदूत

  • २. माडी सम्भावना चुनौती र संबाहक हो

  • ३. संविधान संशोधनबिना देश अगाडि बढ्न सक्दैन : अध्यक्ष यादव

  • ४. नारायणी नदिमा पौडी खेल्ने क्रममा एक पुरुष बेपत्ता

  • ५. एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

  • ६. आज अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै

  • ७. निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा

  • ८. हेटौंडामा एकै दिन भत्काइए ५३१ घर

  • ९. निर्वाचन आउन ८८ दिन बाँकीः समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

  • १०. थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

आश्वासन र स्टन्टबाजीको मारमा ‘माडी’


  •   शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित
  • लिच्छविकालिन राजा मानदेबको पालादेखि नै आदिवासी समुदायको बसोवास रहेको पाइएपनी वि.स २०१८/१९ सालपछी थप बस्ती बिकास भएको चितवनकाे माडी नगरपालिका फरक भुगोलको रुपमा हेरिन्छ । चारैतिर वनजङ्गल ले घेरेको समथल उर्वर भूमिलाई सरकारले इको नगरपालिका घोषणा त गरेको छ तर इको नगरपालिकाको सम्बर्द्धन र प्रवर्द्धन मा संघिय  सरकार उदासिन देखिएको छ।

    Advertisement
    यसपालिको बजेट हेर्ने हो भने त संघिय सरकारले माडी नगरपालिकालाई छोई छिटो नै गरेको अवस्था छ । हुन त प्रधानमन्त्री ज्यु लाई लखेटेको यो क्षेत्रलाई  बजेट किन दिनु ? सरकार यस क्षेत्रलाई उपेक्षा गर्नुमा यहाँका आसश्वासनमा रमाउने जनता र  मुन्सिगिरीमा रमाउने स्थानिय अगुवाहरुको महत्त्वपूर्ण भुमिका छ । यस क्षेत्रबाट संसद बनेकाहरु पटक पटक मन्त्री, उपप्रधानमन्त्री र प्रधानमन्त्री नै बनेका छन। तर उनिहरुले माडीलाई दिएकाछन् त केवल आश्वासन मात्र । फेरी पनि माडीका सोझा साझा जनता उनको आश्वासनमा तालि बजाउन छोडेका छैनन् ।  हुन त माडीमा स्थानीय सरकार पनि छ तर उसलाई आफ्नो सामर्थ्यमा बिस्वास भन्दा आश्वासनमा आस लागिरहेको छ । माडीको सम्भावना पहिचान गरि सम्भावनामा सामर्थ्य को प्रयोग गरि सिद्धि
    प्राप्तीमा लाग्न भन्दा MADI VILLAGE RESORT Madi-3, Baghaudaकेही नेताका मुन्सीहरु बोकी डेलिगेसनको नाममा  नगरपालिकाको बजेटमा मासुभात खुवाउदै राजधानी घुमाउने र नेताकोमा पुगी सेल्फी खिचाउनमा व्यस्त छन् ।  स्थानिय अगुवा भनिएकाहरु डेलिगेसनको  मासुभात र माथी को झर्ला र खाने आसमा पेन्डुलम जस्तै हल्लिरहेका छन ।
    माडीका अगुवाहरुले माडीको सम्भावनाहरु माथी बिस्वास राखी डेलिगेसनको नाममा नेताको भक्तिभावमा गर्ने खर्च माडीकै सम्भावना माथी लगानी गर्दै सम्बर्द्धन, प्रवर्द्धन र बिकासमा लाग्ने हो भने माडीले छोटो समयमै काँचुली फेर्न सक्छ। अहिले माडीका अगुवाहरु चितवन राष्ट्रिय निकुन्ज भित्रको बाटो नै माडीको बिकासको बाधक हो भन्ने निष्कर्ष को साथ सारा शक्ति निकुञ्जको बाटोमा लगाई रहेका छन । ल मानाै राष्ट्रिय निकुञ्जको बाटो पिच नै भयो रे , माडीको बिकासमा यसले के योगदान दिन्छ त ? पर्यटकहरू आफ्ना चाहानाहरु पूरा गर्न १५/२० दिनको पदयात्रामा जान्छन् भने १० मिनटको कच्ची बाटोले कसैलाई छेक्छ जस्तो लाग्दैन । फेरि पनि राष्ट्रिय निकुञ्ज भित्रको बाटो को गुणस्तर सुधार माडीको आवश्ययकता हैन भन्ने चाहिं हुँदै होइन तर प्राथमिकता हो कि हैन ? भन्ने बिषयमा मेरो प्रश्न हो ।
    आज माडीमा राजनितीक रोटी सेकाउन खोज्नेहरु आफ्नो असफलतालाई ढाकछोप गर्न राष्ट्रिय निकुञ्जलाई कारक देखाई रहेका छन। यदि राष्ट्रिय निकुञ्ज बिकासको बाधक हो भने आँफु सत्तामा रहँदा माडीलाई बफरजोनबाट निकाल्न किन पहल गर्नुभएन ? कुन चाँही डेलिगेसन माडीलाई बफरजोनबाट निकाल्ने एजेन्डा लिएर जानुभएको छ ? मलाई याद छ जतिबेला माडीमा बफरजोन को बहस भएको थियो त्यतिबेला हामी केही बिद्यार्थीहरुले बफरजोन भोलि माडीको बिकासको लागि बाधक हुनसक्छ भन्ने प्रश्न उठाएका थियाैं । त्यतिबेला हामिलाई केटाकेटी कुरा भन्दै उपेक्षा गरिएको थियो ।
    तत्कालीन गाविस अध्यक्षहरुले बफरजोन माडीका लागि सुनको अन्डा हुने जसरी व्याख्या गर्नु भएको थियो । तिनै गाबिस अध्यक्षहरु आज निकुञ्जलाई बाधक देखाईरहनू  भएको छ । प्रतिकुलतालाई जनअनुकुल बनाउनु असल नेताको पहिचान हो । निकुञ्जलाई माडी अनुकुल बनाउन सकियो भने यसले माडिलाई योगदान दिनपनि सक्छ । चितवन राष्ट्रिय निकुञ्ज पर्यावरणीय द्रिष्टीकोणले विश्व मै नमुना स्थलको रुपमा रहेको छ। यसको संरक्षण गर्नु हामी सबैको दायित्व हो । यसको संरक्षण माडीका जनताहरु संगको सुमधुर सम्बन्धबाट मात्र सम्भव छ । जुन कुरा निकुञ्जले बुझ्न  जरुरी छ । माडीका जनता संगको टकराव निकुञ्ज प्रशासकलाई शासक को सान देखाउने बिषय त बन्ला तर निकुञ्ज संरक्षणमा नकारात्मक कार्यशैली बन्न जान्छ । यस्तो अवस्थामा माडी नगरपालिका र निकुञ्ज प्रशासन ले संयुक्त रूपमा यस्तो प्रयास गर्न जरुरी छ जसले निकुञ्जको संरक्षण र माडी को प्रवर्द्धन दुवै गर्न सकियोस । माडी नगरपालिकालाई इको नगरपालिकाको रुपमा बिकासमा गर्दै युनेस्कोको ध्यान तानेर वातावरण विज्ञान सम्बन्धि रिसर्च गर्न सकिने वातावरण विज्ञानको एउटा विश्वबिधालय माडीमा खोल्न सकियो भने निकुञ्जको संरक्षण र माडी को बिकासमा कोशेढुङ्गा बन्न सक्छ।
    यसका लागि बफरजोन र माडी नगरपालिकाले पहलकदमि लिन जरुरी छ । हैनभने माडीका स्थानीय अगुवाहरुले सेल्फी खिच्ने डेलिगेसनको राजनिती छोड्नु पर्छ। यो या त्यो पार्टि नभनी नगरपालिकाले सामर्थ्यमा बिस्वास राख्दै दिर्घकालिन सोचका साथ दिर्घकालिन योजना बनाई माडीको बिकासमा जुट्नु पर्छ। माडी मा रिउ करिडोर सुनिन थालेको पनि धेरै वर्ष भइसक्यो यसको नाउँमा डेलिगेसन पनि कयौंपटक भए होलान तर प्रगती शून्य छ । साँच्चिकै रिउ करिडोर माडीको बिकासको माइल्स्टोन हुनसक्छ । यसले माडीमा त्रि-आयामिक भुमिका खेल्छ । करिडोरले रिउ नदीलाई नियनत्रण गर्छ भने जंगली जनवारबाट माडीलाई सुरक्षित बनाउका साथै माडी को पर्यटन बिकासमा महत्त्वपूर्ण भुमिका खेल्छ। डेलिगेशन गएर निकुञ्जको आकासेपुल र सुरुङमार्गको आस्वासन बोकेर आउन भन्दा बहुवर्षे योजनाका साथ बजेट बनाई डेलिगेशनमा गरेको खर्च करिडोर निर्माणमा लगायको भए सायद आधा आधी करिडोर निर्माण भइसक्ने थियो होला ।
    माडीमा यस्ता धेरै सम्भावना छन जसले माडीको बिकासमा टेवा पुराउन सक्छन ।  निर्वाचन नजिकिन लागेपछी विभिन्न स्टन्टबाजी गर्ने र निर्वाचन सकिएपछी राजधानी पुगी सेल्फी खिच्ने नेताहरुलाई माडीवासीले नोटिसमा राख्नुपर्छ । बिकास हाम्रो अधिकार हो कुनै नेताले आफ्नो खोजिबाट दिने भिख हैन जसको लागी बार बार जुम्लेहात गर्न जानपरोस । #PRD800219
    – दुर्लभ पाेख्रेल, माडी

      शुक्रबार, जेठ १९, २०८० मा प्रकाशित
      तपाईको प्रतिक्रिया

      सम्बन्धित समाचार

      माडी सम्भावना चुनौती र संबाहक हो
      नेपाल भू–राजनीतिक प्रतिस्पर्धाकाे शिकार
      रास्वपा सभापति रवि लामिछानेलाई मेरो खुल्ला पत्र
      शिक्षामन्त्री महावीर पुनलाई खुला पत्र
      जेनजि आन्दाेलन: अहंकारिताको पतनसंगै गिजोलिएको मन 
      बालेन शाह र भोलोदिमिर जेलेन्स्की : समानता र सम्भावित राजनीतिक यात्रा

      लोकप्रिय

      • १.
        कृष्णहरि पौडेल : शिक्षा, नीति र सामाजिक

      • २.
        ‘सर्जन अफ द इयर २०२५’ उपाधिबाट डा.

      • ३.
        बसकाे ठक्करबाट माडीमा एकजना पैदलयात्रीको मृत्यु

      • ४.
        धार्मान्तरणको गतिविधि रोक्न प्रशासनलाई ओमकार परिवारको माग

      • ५.
        माडीमा पहिलोपटक ब्रोडब्यान्ड भित्र्याउने टेकमाइन्ड्स अब अप्टिकल

      • ६.
        माडी सम्भावना चुनौती र संबाहक हो

      भर्खरै

      • १.
        थारु ‘धन्सार’ चित्र विवादपछि भरतपुर महानगरको क्षमायाचना, शौचालयका दृश्य हटाइने

      • २.
        भरतपुरको स्मार्ट शौचालयमा थारु ‘धन्सार’ चित्र समुदायको आपत्ति

      • ३.
        भरतपुर अस्पतालमा १५ बेडको ट्रमा सेन्टर उद्घाटन

      • ४.
        नेपालगञ्ज–दिल्ली सिधा हवाई उडानका लागि सरकारको ध्यानाकर्षण

      • ५.
        एनपिएलः आज खेल नहुने , भोलि पहिलो क्वालिफायर खेल हुने

      • ६.
        अण्डा उत्पादन गरेर मासिक दुई लाख ५० लाख आम्दानी

      • ७.
        जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ: प्रजिअ अधिकारी

      • ८.
        निर्धारित मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख ध्येयः सञ्चारमन्त्री खरेल

      हाम्रो बारेमा

      पारदर्शी अनलाइन प्रा.लि.द्वारा सञ्चालित
      pardarshionline.com

      कम्पनी दर्ता नं. ३११७१९/७९/०८०,

      सूचना विभाग दर्ता नं. ४००२-२०७९/८०

      प्रेस काउन्सिल सुचिकरण नम्बर ३९७७

      कार्यालय ठेगाना:

      माडी–३, बसन्तपुर, चितवन
      भरतपुर–९, सरदपुर, चितवन

      सम्पर्क नं.
      056-590960, 982-1887166, 9855016724

      ईमेल
      info@pardarshionline.com,

      pardarshionline1@gmail.com

      हाम्रो टीम

      कार्यकारी निर्देशक: अजित अधिकारी

      सम्पादक: प्रेम पाैडेल उज्ज्वल
      सह-सम्पादक: एलिना पाेख्रेल ‘प्रिती’

      टि.भी. संयाेजक: शंकर गिरी
      टि.भी. प्रस्ताेता: सर्मिला लामिछाने
      भिडियाे सम्पादक: कृष्ण परियार
      ग्राफिक्स डिजाइनर : कृष्ण न्याैपाने

      संवाददाताहरू:
      कुल प्रसाद काफ्ले

      शिव कुमार अधिकारी (पोल्याण्ड ब्युरो)

      सामाजिक सञ्जालमा हामी

      Pardarshi Online पारदर्शी अनलाइन
      Copyright ©2025 Pardarshi Online | All rights Reserved.
       Website By :  PardarshiOnline.