राजन दाहाल चितवनको राजनीतिमा चिरपरिचित नाम हो । उहाँ विद्यार्थी जीवनबाट नेपाली कांग्रेस पार्टीमा आबद्ध रहँदै आउनुभयो । उहाँ नेविसंघको क्षेत्रिय अध्यक्ष,जिल्ला उपाध्यक्ष कार्यबाहक अध्यक्ष हुँदै हाल केन्द्रीय सदस्यमा आबद्ध हुनुहुन्छ ।
वि.स. २०४६ साल मंसिर २२ गते वुवा नारायण प्रसाद दाहाल र आमा गंगादेवी दाहालको कोखबाट उहाँ जन्मनुभएको हो ।
उहाँका बुवा नारायण प्रसाद दाहालको धेरथोर राजनीतिक प्रभाव बिस्तारै राजन दाहालमापनि पर्दै गयो । उहाँका बुवा नारायण प्रसाद दाहाल बिगत लामो समयदेखि नेपाली कांग्रेसमा रहेर राजनीति गर्दै आउनुभएको छ । पंचायती, बहुदलीय व्यवस्था भोग्दै ४२/४६ सालको आन्दोलनमा जेल समेत उहाँका बुवा पर्नुभएको थियो ।
त्यसै प्रभावबाट नै आफू नेपाली कांग्रेसको राजनीतिमा प्रबेश गरेको राजन दाहालले बताउनुभयो ।
वुवाको प्रेरणा र प्रभावले नेपाली कांग्रेसमा सकृय भएर लाग्नुभएका राजन दाहाल अहिलेपनि राजनीतिमा सकृय भएर लाग्नुभएको छ । उहाँ नेविसंघमा समेत आबद्ध हुँदै चितवनमा बसेर राजनीति गर्दै आउनुभएको छ । पछिल्लो समय नेपालमा राजनीतिलाई कमाई खानो भाडोका रूपमा लिइदा राजनीतिमा अनेकौं बिकृती फैलिएको उहाँको भनाइ छ ।
देशले कयौं परिवर्तन र व्यवस्था झेल्दै आज यहाँसम्म आइपुग्दा समेत जनताका लागि खासै उपलब्धि नबनेको उहाँको तर्क थियो । राजनीतिले देशलाई परिवर्तन गर्नुको सट्टा त्यसो नभई नेतालाई मात्रै परिवर्तन गराएको उहाँको बुझाइ छ ।
यिनै विषयमा नेता राजन दाहालसंग देशको समसामयिक विषयबस्तु र उनको राजनीति यात्राका बारेमा गरिएको कुराकानी
यहाँलाई हार्दिक स्वागत छ, पारदर्शी अनलाइन डटकममा ?
धन्यवाद, अजित जि !
आराम हुनुहुन्छ ?
आराम छु, अजित जि !
के काममा व्यस्त हुनुहुन्छ ?
आजभोलि खासै त्यस्तो व्यस्त त छैन । विभिन्न सामाजिक संघसंस्थामा आबद्ध छु । निमन्त्रणा आएका विभिन्न कार्यक्रममा सरिक हुने गर्छु । यसरी नै आजभोलि दिनहरु बित्दै गएका छन् ।
राजनीतिमा कहिलेदेखि यहाँ प्रवेश गर्नुभयो ?
म विद्यार्थी जीवनदेखि नेपाली राजनीतिमा सक्रिय भएर लागेको छु । यहाँलाई भन्नुपर्दा मेरो बुवा अझैपनि नेपाली कांग्रेसको राजनीति गर्नुहुन्छ । उहाँले विभिन्न व्यवस्थाहरु झेलि सक्नुभयो पंचायती व्यवस्था हुँदै बहुदलीय व्यवस्था राजतन्त्र अहिले गणतन्त्र यो बीचमा पंचायती र बहुदलीय व्यवस्थाका बेला ४२/४६ सालमा जेल परेको मलाई अझै याद छ । त्यसै बखतदेखि अझ भनु मेरै बुवाको प्रभावले म राजनीतिमा आबद्ध हुँदै आएको छु । त्यो बेला अहिलेको जस्तो मोबाइल फोन थिएन । ताकी त्यो बेला यतिधेरै बिकास बाटोघाटो पक्कै थिएन । पैदल यात्रा गर्दै हिड्नुपर्थ्यो । अझ भन्नुपर्दा भरखरै साइकल भित्रीएको थियो । त्यतिखेर साइकल चड्नु अहिले गाडी किनेर चड्नु भन्दापनि ठूलो सान थियो । तर ती कुराहरू सम्झदा अहिले पत्यार नलाग्न सक्छ । घरमा रेडियो टिभी त्यो समयमा थोरैका घरमा मात्र हुन्थे । रेडियो बजाएर हिड्दा समाजमा प्रतिष्ठित भलदमी भन्ने सोच्थें । त्यो समय पार गर्दै आज यहाँसम्म आइपुगियो जे होस् ती दिन सम्झदा रमाइलो लाग्छ । त्यो बेलाको पढाई अहिलेको भन्दा राम्रो थियो । विद्यार्थीहरु शिक्षकसंग डराउथे । सरहरुले भनेको राम्रोसँग मान्थे । अहिलेको जस्तो मोबाइल फोन चलाउने त्यो बेला हुदैन्थ्यो । घर आएपछि खाजा खाएर साथीहरूसंग खेल्ने त्यसपछि पढ्ने गरिन्थ्यो । साथीभाइहरुमा राम्रो हार्दिकता हुन्थ्यो । माया दया सबैमा हुन्थ्यो । सहयोगी भावना सबैमा त्यतिखेर जागरुक हुन्थ्यो ।
अहिलेको राजनीति र पहिलेको राजनितिमा के भिन्नता देख्नुहुन्छ ?
धेरै भिन्नता देख्छु तर अहिलेको राजनीति पैसाका लागि भयो । पहिले चुनाव लड्न पैसाको होडबाजी हुँदैन्थ्यो । अहिले पैसाका लागि तछाडमछाडा हुन लाग्यो । त्यो बेलापनि विभिन्न राजनीतिक घटनाक्रम घटेका थिए । विभिन्न दल तथा पार्टीहरु प्रशस्तै थिए । तापनि पैसाको चलखेल थिएन । जसले जनताको मन जित्न सक्छ त्यो नै नेता हुन्थ्यो । प्रशासनिक कामहरु सहजै हुन्थे । तर अहिले विभिन्न परिवर्तनहरु भएपनि जनताको अबस्थामा खासै सुधार आउन सकेको छैन ।
नेपाली इतिहासमा कांग्रेसको योगदान कस्तो छ ?
नेपाली राजनीतिमा कांग्रेसको योगदान धेरै छ । २००७ सालदेखि ०६२/६३ को जनआन्दोलनमा समेत कांग्रेसले जनताका हितमा गरेका थुप्रै नवीन कार्यहरू छन् । राजाका बेलामा यसरी खुलेर बोल्न लेख्न सहज थिएन । यो व्यवस्था कांग्रेसले ल्यायो त्यसैले त आज निर्धक्क भएर बोल्न पाइएको छ । यो देशका लागि ठूलो परिवर्तन हो । तर अहिले राजा ल्याउने गाइँगुई सुनिन्छ यो हल्ला मात्र हो । जनताले रगत बगाएर ल्याएको व्यवस्था उल्टने म कुनै सम्भावना देख्दिन ।
अबको राजनीति कस्तो हुनुपर्छ ?
अबको राजनीति सुशासन बिकास र समृद्धि मुलक हुनुपर्छ । बढ्दो बिदेश पलायनलाई रोक्दै स्वदेशमा नै रोजगारीको व्यवस्था गरिनुपर्छ । जनतालाई शिक्षा, स्वास्थ्य, रोजगारीको सुनिश्चितता राज्यले गराउनुपर्छ । कानुनी राज्यमा कानुन सबैका लागि बराबरी हुनुपर्छ ।
हस् धन्यवाद, हाम्रो प्रश्नमा आफ्नो बिचार राखिदिनुभएकोमा ?
धन्यवाद यहाँलाईपनि यहाँको लोकप्रिय सञ्चारमाध्यममा मलाई बोल्नको लागि र बिचार राख्ने अबसर दिनुभएकोमा त्यसको लागि यहाँलाई धेरैधेरै धन्यवाद दिन चाहन्छु ।